२०८१, १७ बैशाख सोमबार

दुर्घटनामा शिक्षकको मृत्यु

    बैशाख ५ २०७५ १२:३६

Accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

मलेखु, धादिङ, ५ वैशाख/धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते हुनुभएको छ । बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाइकल चालक ओझा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मजदूरको मृत्यु

यसैगरी, दक्षिणी धादिङको धुनीबेँशी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदूरको मृत्यु भएको छ ।

कालिका इँटा उद्योगमा काम गर्ने मजदूर बाँके जिल्ला निवासी ५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।

इँटाभट्टामा सुतेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला परेकाले अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top