sujim bazar advert

संरक्षणमा निरन्तर ४३ वर्ष लाङटाङ राष्ट्रिय निकुञ्ज

    बैशाख ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

langtang national park
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सरस्वती न्यौपाने / लाङटाङ, नेपालको राजधानी काठमाडौंबाट नजिकको हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्ज निरन्तर स्थापनाकालदेखि हालसम्म लागि परेको छ ।

नेपालको दोस्रो राष्ट्रिय निकुञ्ज वि.सं. २०३२ साल चैत ३ गते स्थापना भई रसुवाको ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत, सिन्धुपाल्चोक ३३ प्रतिशत गरी ३ जिल्लाका ३४ साविकको गाविसमा १७१० वर्ग किमीमा फैलिएको छ । यस निकुञ्जको मध्यवर्ति क्षेत्र वि.सं. २०५५ बैशाख १४ गते घोषणा भई निकुञ्जको कोर एरिया तथा बाहिरी क्षेत्र गरी ४१७.३ वर्ग किमीमा फैलिएको छ ।

निकुञ्ज क्षेत्रमा हुने वन पैदावरको चापलाई न्यूनिकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनको लागि २१ वटा उपभोक्ता समिति र १९१ वटा उपभोक्ता समूहहरू नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लाका ३४ साविकको गाविसमा पुर्नगठन भएका छन् । एक हजार मीटरदेखि ७ हजार २४५ मीटरसम्म फैलिएको यो निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँस, झाँडी बुट्टान तथा सिमसार क्षेत्र यस निकुञ्जको मुख्य विशेषतामा पर्दछ ।

साल, कटुस, खोटेसल्ला, गोब्रेसल्ला, धुपी, भोजपत्र, गुराँस, ओखर, खस्रु लगायत १००भन्दा बढी प्रजातिका वनस्पति निकुञ्जका वनस्पति हुन् । वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी, मृग, हिउँचितुवा, ह्वासे चितुवा, ब्वाँसो, सालक, चरीबाघ, आसामी बाँदर, हिमाली कालो भाल् आदि पर्दछन् ।

लाङटाङ उपत्यका गोसाइकुण्ड, दोर्जे लाक्पा, पास, मेलम्चीध्याङ, हेलम्बु, पाँचपोखरी, तार्केध्याङ, ह्योल्मो, आमायाङ्री, सेर्माथाङ, ध्याङफेदी, क्याङजिङ उपत्यका आदि यस निकुञ्जका आकर्षण स्थलहरू हुन् ।

समुद्री सतहबाट ४३६० मीटरको उचाईमा अवस्थित गोसाइकुण्ड तथा क्यान्जिङ उपत्यका आदि यस निकुञ्जको प्रमुख स्थल मानिन्छ । यहाँ रहेका धार्मिक, सांस्कृतिक, सामाजिक पहिचानहरुले यस निकुञ्जको गरिमालाई उचाई प्रदान गरेको छ । निकुञ्ज संरक्षणमा विविध चुनौतीहरू रहेतापनि जैविक विविधताको संरक्षण, संबद्र्धन तथा व्यवस्थापनमा उच्च मनोबलकासाथ निकुञ्ज क्रियाशील छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको उद्देश्य हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरुको वासस्थान संरक्षण तथा व्यवस्थापन गरी स्थानीय बासिन्दाको परम्परागत रहनसहनलाई संरक्षण गरी जीविकोपार्जनमा सहयोग गरी मध्यवर्ती क्षेत्र कार्यक्रमबाट मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण तथा स्थानीय जनताको जीविकोपार्जनमा सुधार गर्ने तथा हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरुको वासस्थान संरक्षण र व्यवस्थापन गर्ने रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top