२०८१, १३ बैशाख बिहीबार

दुर्घटनामा परी एकको मृत्यु

    बैशाख ५ २०७५ ०१:०९

Accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट, ४ वैशाख/देवीघाट–गल्छी सडक खण्डस्थित बेलकोटगढी नगरपालिका– ५ कोल्पुटरमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ भएको सो दुर्घटनामा गल्छी गाउपालिका–१ का ५० वर्षीय हरिप्रसाद खतिवडाको मृत्यु भएको हो ।

गल्छीबाट देवीघाट आइरहेको बा. २ क ४००८ नंं को मिनीट्रकले विपरित दिशाबाट आइरहेको बा. ८६ प ९५२० नंं को मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि बसेका गल्छी गाउपालिका–१ का ४७ वर्षीय नवराज ओझा दुर्घटनामा परी गम्भीर घाइते भएकाले उपचारका लागि उनलाई काठमाडाँै पठाइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top