sujim advert

प्रदूषण गर्ने हिरा टेक्सटायललाई पचास हजार जरिवाना

    बैशाख २, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

रातमाटे/सरकारले वातावरणीय मापदण्डहरू पालना नगर्ने नुवाकोटको बेलकोटगढी नगरपालिका रातमाटेमा रहेको हिरा टेक्सटायलसहित देशभरका ३३ औद्योगिक प्रतिष्ठानहरूलाई कारबाही गरेको छ । वातावरण विभागले ७० उद्योग तथा औद्योगिक प्रतिष्ठानहरूको अनुगमन गरेर प्रदूषण गरेका नुवाकोटको हिरा टेक्सटायलसहित ३३ उद्योगलाई कारबाही गरी जरिवाना तिराएको हो ।

वातावरण विभागले हिरा टेक्सटायललाई वातावरण संरक्षण ऐन २०५३ को दफा १८ को उफ दफा २ बमोजिम ५० हजार प्रदूषण गरेकाले जरिवाना गरेको थियो ।

नुवाकोटमा उद्योग स्थापना हुने क्रम बढेसँगै स्थापना भइसकेका उद्योगलाई निगरानी अनुगमन र निरीक्षण गर्ने निकाय नहुँदा वातावरण प्रदूषण गर्नेहरूले उन्मुक्ति पाइरहेका छन् । जिल्लामा उद्योग स्थापना भयो भनेर खुसी हुनुभन्दा पनि सरकारले तोकेको मापदण्ड पूरा नगरेको उद्योगलाई बेलैमा रोक्न नसक्ने हो भने काठमाडौंको जस्तै समस्या छिट्टै निम्तिने सामाजिक अभियन्ता रामहरि बाजे रिमाल बताउँछन् ।

नुवाकोटको गल्छी–देवीघाट सडकखण्डको रातमाटेमा दुई वर्षअघि खुलेको हिरा टेक्सटायल उद्योगले आईईईमा उल्लेख गरेबमोजिम मापदण्ड पूरा नगर्दा त्रिशूली नदी र वातावरण प्रदूषण भइरहेको छ । उद्योगबाट निष्काशन हुने रासायनिक फोहोर पानी आईईईमा उल्लेख भएअनुसार फिल्टर प्लान्ट उद्योग हाताभित्र बनाई शुद्ध गरी मात्र पानी त्रिशूली नदीमा मिसाउनुपर्नेमा अस्थायी पोखरी बनाएर जम्मा गर्ने र राति सीधै नदीमा मिसाउने गरेको स्थानीय अबिर राईले बताए । रसायनयुक्त प्रदूषण पानी जमिनमुनि खुला छोड्दा नदीमा मिसिँदा जलचर प्राणी मासिँदै गएको छ । त्यसैगरी उक्त उद्योगले औद्योगिक ब्वाइलरको सञ्चालनबाट निस्कने धुवाँको प्रदूषण नियन्त्रण यन्त्र, उपकरण जडान नगरी सीधै छाडदिँदा त्यस क्षेत्रको वातावरण प्रदूषण भइरहेको छ । स्थानीय युवाहरू त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा हिरा टेक्सटायल बाधक देखिएकाले निगरानी र कडा कारबाही गराउने भएका छन् । प्रदूषण र दूषित पानी नियन्त्रण नगरे उक्त उद्योगलाई हटाउन बल प्रयोग गर्ने स्थानीयहरूले बताएका छन् ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयले पटक–पटक उक्त उद्योगलाई प्रदूषित रसायनयुक्त र पानी र धुवाँलाई आईईई प्रतिवेदनमा उल्लेख भएअनुसार उपकरण जडान गर्ने स्थलगत अनुगमन गरी निर्देशन दिए पनि अटेर गरिरहेको छ । तीन वर्षअघि ललितपुरबाट प्रदूषण मापदण्ड पालना नगरेको भनी हिरा टेक्सटायल उद्योगलाई बन्द गरेपछि त्यही पुराना उपकरणसहित नुवाकोटको रातमाटेमा स्थापना भएको थियो ।

उक्त प्रकृतिका आधा दर्जनभन्दा बढी उद्योग स्थापना हुन लागेकाले हिरा टेक्सटायललाई उन्मुक्ति दिँदा अरूले पनि सिको गर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले कडाइ गर्नुपर्ने स्थानीय समाजसेवी रामहरि नेपालले बताएका छन् । यसको अनुगमन गर्ने निकाय उद्योग विकास समिति नुवाकोट जनशक्ति अभाव भनेर पन्छिरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top