sujim bazar advert

पाँचौं नुवाकोट महोत्सव शुरु

    फाल्गुन १७, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराको साथ पाँचौं नुवाकोट महोत्सव बुधबारबाट विदुरमा शुरु हुने भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा २६ गतेसम्म हुने पाँचौँ नुवाकोट महोत्सवको पूर्व खेलकुदमन्त्री तथा नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य हितबहादुर तामाङले उद्घाटन गरेका हुन् ।

सांसद तामाङले महोत्सवले जिल्लाको आर्थिक विकासमा दीर्घकालिन रुपमा सकारात्मपक प्रभाव पार्ने बताए । ‘जिल्लामा आर्थिक, पर्यटकीय संभावनाहरुको महोत्सवले खोजी गर्न सक्नु पर्छ’ सासद तामाङले भने ‘समृद्ध जिल्ला निर्माणको लागि आर्थिक विकासको क्षेत्रहरु प्हिचान गर्न सक्नु पर्छ । महोत्सवले पहिचान गर्न, लगानीकर्ताहरुलाई लगानीको क्षेत्र विस्तारको लागि महोत्सवले वातावरण सिर्जना गर्नु पर्छ ।’

आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको कृषि उब्जनीको प्रदर्शनी एवमु कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवद्र्धन गराउन महोत्सवले प्राथमिकता दिएको बताए ।

उहाँले जिल्लाको हस्तकला, घरेलु र कृषि उत्पादनलाई प्रवद्र्धन गर्नको लागि १० वटा स्टल नै निशुल्क उपलब्ध गराएको जानकारी दिए ।
महोत्सवमा उद्घाटन सत्रमा सांसद तथा एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले महोत्सव मनोरन्जनमा मात्र सिमित हुन नहुने बताए । उनले मनोरन्जनसँगै जिल्लाको आर्थिक विकासमा पनि महोत्सवले भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रम प्रदेश सभा सदस्य केशव पाण्डे, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, आसामाया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल लगायतले महोत्सव सफलताको कामना गर्र्दै महोत्सवले नुवाकोटको स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने भनाई राखेका थिए ।

महोत्सवमा स्थानीय कृषी उत्पादन, लघु उद्यमीहरुका उत्पादन, जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल तथा जनजीवन झल्कने चित्रकला प्रदर्शनी गरिएको छ । यस्तै अष्ट्रिच, उँट समेत प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा सीताराम कट्टेल(धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), कोमल ओली, रामजी खांडलगायतका राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको महोत्सवमा सहभागिता रहने प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए ।

महोत्सवमा २ सय ७५ वटा स्टल रहेको छ । महोत्सवमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोड भन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top