२०८१, १३ बैशाख बिहीबार

“महोत्सव भनेको उद्योग वाणिज्य संघको होईन, समग्र नुवाकोटे नागरिकहरुको हो”

    फाल्गुन १४ २०७४ १३:५४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पाँचौँ महोत्सवको तयारी कहाँ पुग्यो ?

अहिले महोत्सवको लागी आवश्यक पर्ने स्थलमा स्टल निर्माण, स्टेज निर्माण, त्यसै गरि खेलाको लागी बालउद्यान निर्माणको काम सम्पन्न भैसकेको छ । विगतका दिनहरुमा भएका महोत्सव भन्दा पृथक बनाउनको लागी वाणिज्य संघका पदाधिकारीहरु र सदस्यहरु सबैले आआफ्नो जिनम्मेवारी अनुसारको सबै कामहरु सकिएको छ । सरसर्ति भन्नु पर्दा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवको मुख्य आकर्षण के हो ?

साँच्नै भन्नु पर्दा यस बर्षको महोत्सवमा समावेश भएका सबै बिषयहरु आकर्षणको कन्द्र बिन्दु हो । प्रदेश नम्बर ३ स्तरिय महोत्सवमा नुवाकोट भन्दा पनि हामिले १३ वटै जिल्लालाई समेट्ने कोषिस गरेका छौँ । यस बर्ष हामिले कृषि विकास कार्यालय र लघु उद्यमसँग सहकार्य गरेर जिल्लामा रहेका घरेलु लघुउद्यमि तथा कृषकहरुलाई नि:शुल्क स्टल उपलब्ध गराएका छौँ । त्यस्तै, महोत्सवमा अष्ट्रिज, उट लगायतका जनावहरुको समेत प्रत्यक्ष अवलोकन गर्न सक्नुहुनेछ । हाम्रो प्रयास भनेको जिल्लामा रहेका सबै वस्तुहरु बजारीकरण, प्रदर्शनि तथा लोपोन्मुख रहेका वस्तुहरुको उजागर गर्नु नै हो ।

विगतका महोत्सवहरु पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले लाभ लिदै आएका छन् भन्ने आरोप लाग्दै आएको छ ? यसलाई यस बर्ष कसरी चिर्नुहुन्छ ?

साँच्नै राम्रो प्रश्न गर्नु भयो । महोत्सव भनेको उद्योग वाणिज्य संघको होईन, समग्र नुवाकोटे नागरिकहरुको हो । सबै नागरिकहरुको महोत्सवलाई भब्य र सभ्य बनाउने दायित्व तथा जिम्मेवारी रहेको छ । हामिले त मात्रै यसको नेतृत्व गरेका हौँ, समन्वय गरेका हौँ । तसर्थ यस बर्ष हामिले नुवाकोट उद्योग वाणिज्य सदस्यहरुलाई नि:शुल्क पासको ब्यबस्थापन र वाणिज्य संघमा आबद्ध भएका ब्यबसायीहरुलार्य स्टलमा पनी २५ प्रतिशत छुटको ब्यस्था गरेका छौ, किन भने वाणिज्य संघमा आबद्ध भएका सदस्यहरुले पनि महोत्सव अवनत्व लिओस भन्ने हाम्रो चाहना बिगतका बर्षहरुमा पनी थियो । तर यस बर्षमा आएर पुरा गर्दैछौ। काम गर्दा सबै कुराहरु राम्रो हुन्छ भन्ने छैन् । तर गर्दै जाँदा त्यसलाई ब्यबस्थित र परिस्कृत गर्दै लानु पर्छ हामिले पनी त्यहि गरेका छौँ ।

वर्षेनी महोत्सव आयोजना गर्दा त्यसको महत्व घट्दैन र ?

महत्व घट्ने भन्ने नै हुँदैन, जसरी हामीले यसलाई प्रदेश स्तरीय नामाकरण गरेर यसको व्यापकतामा जोड दिएका छौं, त्यसैगरी यसको गरीमा वढाउन पनि हामी क्रियाशिल रहेका छौं । जहाँसम्म वर्षेनी किन भन्ने सवाल छ यो हामीले अघिल्लो महोत्सवकै समापनमा घोषणा गरेको विषय भएकाले संस्थाको निर्णय कार्यान्वयनका लागि अत्यावश्यक थियो । हामीले अघिल्लो वर्ष विविध कारणले सहजताका साथ महोत्सव गर्न पाएनौं र यसपटक सबै असहजताको अन्त्य भएका कारण पनि हामी उत्साहित भएका हौं ।

महोत्सवहरु नाफामै हुन्छन, तर त्यो नाफा रचनात्मक काममा खर्च हुदैनन् भन्ने छ नि ?

त्यस्तो लाग्न सक्छ । हामीले हरेक पटकको महोत्सवको आम्दानी खर्चलाई दुरुस्त राखेका छौं भने अनावश्यक खर्चहरु कटौती गर्दे आएका छौं । समग्रमा भन्दा आर्थिक पारदर्शिता नै हाम्रो प्रमुख लक्ष्य हो । अब नाफा कहाँ प्रयोग भयो भनेर चासो राख्नु स्वाभाविक नै हो र हामीले हामीसंग भएको स्रोत साधनलाई रचनात्मक काममै लगाएका छौं । यसैगरी जिल्लामा हुने हरेक रचनात्मक कार्यक्रमहरुमा हामी सहयोगी वन्दै आएका छौं भने असहाय र विपन्न विरामीहरुलाई पनि सहयोग गर्दे आएका छौं । बिगतका बर्षहरुमा नुवाकोटमा सुरक्षाको थ्रेट दिनानु दिन बढ्दै गएको थियो त्यो अबस्थालाई चिर्नको लागी हाम्रै नेतृत्वमा नुवाकोटको मुख्य बजारहरुमा सिसिक्यामेरा जडान गरेका हौँ ।

महोत्सवका कारण यहाँका स्थानीयले अरु के–के लाभ लिन सक्छन् ?

महोत्सव भन्नासाथ त्यहाँ दर्शकको उपस्थिती बढी हुन्छ र त्यसो हुँदा त्यहाँ बढी भन्दा बढी आर्थिक क्रियाकलाप हुन्छ नै । महोत्सवको अवधिभर यहाँका होटल रेष्टुरेण्ट व्यवसायले बढी भन्दा बढी कारोवार गर्ने अवस्था वन्छ भने सार्वजनिक सवारीका साधनहरुको आम्दानीमा पनि बढोत्तरी हुन्छ । त्यसैगरी स्थानीय कृषी उत्पादनहरुको बिक्रिबाट कृषकहरुले पर्याप्त लाभ लिन सक्छन भने उचित बजारीकरणको अभावमा रहेका स्थानीय उत्पादनहरुको विक्रिले स्थानीयहरुको आम्दानी वढाउँछ । यसैगरी महोत्सवमा हुने साँस्कृतिक कार्यक्रम र नृत्य प्रतियोगिता मार्फत स्थानीय कलाकारहरु र विद्यार्थीहरुको प्रतिभाले प्रष्फूटित हुने अवसर समेत पाउँछ । समग्रमा भन्दा महोत्सवको आयोजक वाणिज्य संघ भएपनि फाईदा र लाभ स्थानीयलाई हुने निश्चित छ ।

यो महोत्सवले अरु के–के विषयलाई प्राथमिकतामा राखेको छ ?

महोत्सव आयोजनाको प्रमुख लक्ष्य हाम्रो नारामा उल्लेख भएझैं समृद्ध नुवाकोट नै हो । हामी सबैको सामूहिक प्रयासमा मात्र यो नाराले सार्थकता पाउने हो । अहिले हामी त्रिदेशीय व्यापार मार्गको केन्द्रभागमा रहेका छौं । जिल्लालाई औद्योगिक सम्भावनाहरुले पछ्याईरहेको छ । राजधानी जोड्ने तीनवटा मार्ग र मध्य पहाडी लोकमार्गका कारण समद्धी अब टाढा छैन भन्दा हुन्छ । तर सबै सम्भावनाहरुको पहिचान भएपनि त्यसलाई सार्थकतामा पु-याउन यहाँ लगानीको वातावरण आवश्यक हुन्छ । तसर्थ नुवाकोटका सम्भावनाहरुका बारेमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गरी यहाँ लगानि गर्न उत्प्रेरित गर्ने र यहाँ गरिएको लगानी सुरक्षित र प्रतिफलदायक हुन्छ भन्ने अनुभूती गराउने हाम्रो प्रमुख ध्येय हो,यसो गर्न सकेको अवस्थामा यहीँ बढी भन्दा बढी रोजगारीको अवसर सिर्जना भई रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको समेत अन्त्य हुन्छ । यही लक्ष्य र उद्धेश्य पाँचौं नुवाकोट महोत्सवको रहेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

महोत्सव भन्ने बित्तिकै आम नागरिकहरुको मनसपटलमा खाना गाना र बजाना भन्ने बुझिन्छ तर त्यो होईन । महोत्सवको राम्रो पाटो कहिल्यै पनी पल्टाएर हेरेनन् । बरु यसको सट्टामा सँधै बिरोध मात्रै भयो । आखिर महोत्सव पाँचौँ संस्करणमा आईपुग्दा महोत्सवले नुवाकोट र नुवाकोटे नागरिकहरुलाई पुगेका फाईदाहरु कत्तिको छन् । हामिले एक चोटि स्मरण गरौँ त । पोहोर सालको महोत्सवमा हामिले नुवाकोटको बृत्तचित्र निर्माण तथा प्रदशनि गरेका थियौँ । त्यसले नुवाकोटमा पर्यटक आगमनमा बृद्धि भएको छ । हो त्यस्ता पाटोहरुलाई सबैले आत्मसाथ गर्ने हो भने साँच्नै हामिले रोजेको जस्तो सम्बृद्ध नुवाकोट निर्माण गर्न सक्छौँ । यस्तै, यस बर्ष हामिले नुवाकोटका विभिन्न ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलहरुको प्रचारप्रसारको निम्ति ब्रोसर निर्माण गरेका छौँ यसलाई हामिले नुवाकोटमा मात्रै नभई अन्य जिल्लाहरुमा पनि पठाउने छौँ । यसको फाईदा हामिले भनिरहनु पर्दैन ।

नुवाकोट जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण र सम्भावनाहरु बोकेको जिल्ला भएपनि हामीले ती सम्भावनाहरुलाई सार्थकतामा बदल्न सकेका छैनौं । धार्मिक पर्यटन प्रबर्धनको अत्यन्त सम्भावना देखिएपनि त्यसवाट खासै लाभ लिन नसकिएको यथार्थताका वीच अब हाम्रो ध्यान त्यसतर्फ पनि केन्द्रीत हुनु जरुरी छ । समग्रमा भन्दा सबै सम्भावनाहरुलाई सार्थकतामा बदल्न सामूहिक प्रयास आवश्यक छ र यसका लागि महोत्सव एउटा सम्भावनाको खोजी गर्ने र समाधान पहिल्याउने महत्वपूर्ण स्थल समेत वन्न सक्छ । हामि सबै यसमा केन्द्रित हुन आवश्यक छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top