sujim bazar advert

५१ जनाको सामुहिक ब्रतवन्ध

    फाल्गुन ६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

फागुन, ६। हिन्दु संस्कृतिको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण दिदै विद्यालयको आयश्रोत बढाउन नुवाकोटको देवीघाटमा सामुहिक ब्रतवन्ध गराएको छ ।

सामुहिक ब्रतवन्धमा सामेल भएको बटुकहरूबाट जनही विद्यालयले तिन हजार रुपैयाँ शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिनुभएको छ ।

बटुकहरुसंग लिएको शुल्कबाट १ लाख ५३ हजार रुपैयाँ संकल भएको छ । ब्रतवन्धका लागी करिब ८० हजार रुपैयाँ खर्च भएको छ । खर्च कटाएर बाँकी रहने रकम विद्यालयको शिक्षकहरूलाई तलव खुवाउनका लागी प्रयोग गरिने विद्यलायका प्रधानाध्यापक हेमनिधि अधिकारीले बताउनु भयो ।

विद्यालयले आयश्रोत बढाउन सुरु गरेको अभियानले समाजमा बढ्दै गएको तडक भडकको नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत सहयोग पुग्ने प्रधानाध्यपकले बताउनु भयो । विद्यालयको प्रशासनिक खर्च र निजी श्रोतमा राखेको १० जना शिक्षकलाई पारिश्रमिक दिन अघिल्लो वर्षजस्तै आयश्रोत जुटाउन बैकल्पिक खोजीमा सामूहिक ब्रतबन्ध गरेको हो । प्रत्यके वर्ष श्रीपञ्चमीमा विद्यालय परिषरमा सामुहिक रुपमा ब्रतवन्धको आयोजना गर्दै आएको बिद्यालयले यस बर्ष भने श्रीपञ्चमिमा शुक्र अन्न रहेका कारण अहिले ब्रतमन्त्र गराएको बताईएको छ ।

नुवाकोट जिल्लामा संस्कृति पाठ्यक्रम पढाई हुने एकमात्र विद्यालयको रुपमा रहेकाले स्थापना काल देखिनै आर्थिक सङ्कटसगैँ गुणस्तर शिक्षाको अभावमा रहेको छ ।

२०५५ सालमा स्थापना भएको कक्षा १० सम्म पढाई हुदै आएको विद्यालयमा अहिले १५ जना शिक्षक रहेकोमा सात जनामात्रै दरवन्दीमा रहेका छन् । बाँकी शिक्षकहरूलाई बैकल्पिक श्रोत मार्फत आर्थिक सहायताले धान्ने गरेको बताईएको छ ।

सस्कृत सगैँ अन्य विषयको समेत अध्यापन गराउदै आएको विद्यालयको आर्थिक श्रोत बढाउन र हिन्दु सस्कारको संरक्षणमा सामुहिक ब्रतमन्धले सहयोग पुग्ने गरेको छ ।

विद्यालयले सामुहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ समेत हट्दै गएको छ । आफ्ना छोराहरूको कर्म चलाउने नाममा गरिने ब्रतवन्धले आर्थिक र मानसिक बोझ थोपर्ने गरेकोमा सामुहिक रुपमा आयोजना भएको यस कार्यले मुक्ती मिलेको बटुकलाई ब्रतबन्ध गराउन आएका अभिभावकहरुले बताएका छन् ।

विद्यालयले वर्षेनी गर्दै आएको सामुहिक ब्रतवन्धको लोकप्रियता अभिभावकहरूमा मात्र नभई छिमेकी जिल्लाहरूसम्म रहेको छ । सामुहिक ब्रतवन्धका लागी नुवाकोटका अलावा रसुवा धादिङ र काठमाण्डौबाट समेत बटुकहरू आउने गरेका छन् ।

बिद्यालयको स्थापनासँगै सुरु भएको सामुहिक ब्रतवन्ध गराउने कार्यलार्य निरन्तरता दिईदै आएको छ । बर्षेनि श्रीपञ्चिमिको दिनतमा गरिने सामुहिक ब्रतमन्धमा १ सय भन्दा बढि बटुकहरु रहने भए पनी यस बर्ष सामुहिक ब्रतमन्ध पछाडी सरेकाले ५१ जना मात्रै रहेको बतार्यएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top