sujim bazar advert

बुधवार साँझ साढे पाँच बजेदेखि नौं बजेसम्म खग्रास चन्द्रग्रहण हुने (भिडियो सहित)

    माघ १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं । भोलि साँझ साढे पाँच बजेदेखि राति नौ बजेसम्म खग्रास चन्द्रग्रहण हुँदै छ । चन्द्रग्रहणकै कारण ब्रतालुको श्री स्वस्थानी ब्रतकथाको साङ्घे पनि प्रभाबित हुने छ । नेपालबाट चन्द्रग्रहणको सुरुवात नदेखिएपनि अन्त्य भने हेर्न सकिने खगोलशास्त्रीले बताएका छन् ।

बुधवार झण्डै एकसय पचास बर्षपछि खग्रास चन्द्रग्रहण हुन लागेको हो । खग्रास ग्रहणमा चन्द्रमाको पूरै भाग छेकिन्छ । झण्डै तीन घण्टासम्म हुने चन्द्रग्रहण खगोलशास्त्रीका लागि अध्यनको स्तर मापन गर्ने अबसर हो । तर, ग्रहणलाई धार्मिक पक्षसँग जोडेर पनि चर्चा गरिन्छ ।

The different stages of the "super blue blood moon" on January 31 and "moonset" times for cities across the US.

राशीअनुसार ग्रहण हेर्न हुने/नहुने भन्ने मान्यता रहेपनि खगोलशास्त्री सबैले ग्रंहण अबलोकन गर्न सकिने बताउँछन् ।

चन्द्रग्रहण सुरु हुनुभन्दा झण्डै तीन प्रहर अगाडीदेखि ‘सुतक’ लाग्ने मान्यता छ । बुधवार पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म जारी रहेको श्रीस्वस्थानी ब्रतकथाको अन्तिम दिन परेकाले ब्रतकथाको साङ्गेका लागि सुतक बाधक पर्ने छ । त्यसैले, श्रीस्वस्थानीको साङ्घे बिहान नौ बजे पहिले वा राती नौ बजे पछि गर्नु उपयुक्त हुने बताइएको छ ।

चन्द्रग्रहण नेपालसहित एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार भने बुधबार हुने चन्द्रग्रहण वृष, कन्या, तुला र कुम्भ राशी भएका व्यक्तिका लागि फलदायी मानिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top