sujim bazar advert

पपसम्राट विष्टलाई उपचारमा सघाउन ५० मिनेटमा २ लाख सहयोग

    माघ ४, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
पपसम्राट ओमविक्रम विष्टको उपचार सहयोगार्थ अमेरिकामा भएको सांगीतिक फेसबुक लाइभ फन्ड राईजिङ कार्यक्रमबाट ५० मीनेटमा नै २ लाख १० हजार रुपियाँ संकलन भएको छ। अमेरिकाको दक्षिणपूर्वी १५ राज्यमा बसोबास गर्ने नेपालीको साझा संस्था नासा र टीएनसीसीको संयुक्त प्रस्तुतिमा भएको कार्यक्रमलाई ५ चर्चित अनलाइन मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए।

मृगौलाले काम गर्न छोडी अमेरिकामै जीवन र मृत्युसँग जुधिरहेका गायक विष्टको मृगौला प्रत्यारोपणका लागि कार्यक्रम गरिएको कार्यक्रम सञ्चालक तथा नासाका सांस्कृतिक कमिटीका अध्यक्ष विशाल भारतीले जानकारी गराए। मलाई आवाज देउ बोलको गीतबाट शुरुआत भएको उक्त कार्यक्रममा कलाकार सुमन भट्टराई, अग्नि ब्यान्डका लिड भोकलिस्ट प्रदीप घिमिरे र पुराना आधुनिक गायक वसन्त खड्काले गायक विष्टका चर्चित गीतहरू गाएका थिए। अमेरिकी पूर्वीय समयअनुसार बेलुकी ९ः३० बजेबाट शुरु भएको उक्त फेसबुक लाइभ कार्यक्रममा विश्वभर छरिएर रहेका नेपालीलाई पप गायक विष्टको उपचारको सहयोगका लागि अनुरोध गरिएको र कार्यक्रम चलिरहँदा दर्शकले प्रत्यक्ष डोनेसन गरेको उनले बताए।

गायक ओमविक्रम विष्ट दुवै मृगौला फेल भई यतिखेर अमेरिकामा छोरीज्वाइँका घरमा बसेर डायलसिस गराइरहेका छन्। सामान्यतया अमेरिकामा मृगौला प्रत्यारोपणका लागि ५ देखि १० वर्षसम्म कुर्नुपर्ने भएकाले गायक विष्ट भारतमा गई तुरुन्त उपचार गर्न इच्छुक रहेको र त्यसका लागि कार्यक्रम आयोजना गरिएको हो। -न्युजअफनेपालबाट

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top