२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा भजन बालन उत्सव हुँदै

    पुष २६ २०७४ १४:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / लोपोन्मुख संस्कृतिको जगेर्नाको लागि पौस २७ गते नुवाकोटमा वालन भजन उत्सव सञ्चालन हुने भएको छ । उत्सवको सबै तयारी पूरा भएको बसिबियाँलो नुवाकोटले जनाएको छ ।

परम्परागत संस्कृतिको संरक्षणका लागि पछिल्लो समयमा क्रियाशील हुँदै आएको बसिवियाँलो समूहले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर देवीघाटमा वालन भजन उत्सवको आयोजना गरेको हो ।

राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको समाधीस्थलमा आयोजना गरिएको लोकलयमा आधारित भजन तथा बालन उत्सव प्रतियोगितात्मक हुने आयोजक बसिवियालो नुवाकोटले जनाएको छ ।

कार्यक्रममा नुवाकोटका विभिन्न स्थानका पाँच भवन समूहले प्रतिष्पर्धा गर्ने आयोजक संस्थाका अभियान्ता हरिकृष्ण श्रेष्ठ बताउनुभयो । नुवाकोटबाट लोप हुन लागेको भजनर बालनलाई यो उत्सवले थप हौसला प्रदान गर्ने र भावी पुस्तालाई संस्कृति संरक्षणमा लाग्न प्रेरणा दिने विश्वास आयोजकले गरेको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई दश हजार, तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिने अभियानका अर्का अभियान्ता क्षितिज थापामगरले बताउनुभयो । प्रतियोगितामा सहभागी टिमलाई नगद र प्रणाणपत्रसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा पञ्चकन्या साँस्कृतिक समूह बेलकोटगढी, भैरमकोट भजन समूह ए विदुर, राधाकृष्ण भजन समूह गेर्खु, कालिका भजन समूह हर्कपुर र भैरमकोट भजन समूह वि र पञ्चकन्या भजन समूह बेलकोटगढीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

लोपोन्मुख संस्कृतिको उत्थान र संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ । भजन/वालन उत्सव हरेक वर्ष सञ्चालनको तयारीमा अभियान जुटेको अभियान्ता थापामगरले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top