२०७८, ३ असार बिहीबार

बेलकोटगढी १५ दिनमै खुल्ला दिशामुक्त

    पुष ४ २०७४ १४:३०


belkogadhi nagarpalika
bidur tax

विदुर/नुवाकोटलाई सन २०१७ डिसेम्वर भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत बेलकोटगढी नगरपालिकाभित्रका १३ वटै वडाका हरेक घरमा शौचालय निर्माण गर्न बेलकोटगढी नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाभित्रका हरेक घरपरिवारले शौचालय निर्माण नगरेको भए १५ दिनभित्रै शौचालय निर्माण गरिसक्न आग्रह गरेको छ । १५ दिनभित्र शौचालय निर्माण नगर्ने परिवारलाई नगरपालिकालेृ प्रदान गर्ने सेवा सुविधाबाटसमेत बञ्चित गर्नुपर्ने अवस्थाको सिर्जना नगर्नसमेत सबै नगरवासीलाई आग्रह गरिएको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । बेलकोटगढी नगरपालिकाको कार्यालयमा सम्पन्न भएको बैठकमा नगरपालिकाका सबै वडाअध्यक्षहरुले आफ्नो वडामा शौचालय निर्माण नभएका घरहरुको पहिचान गरी शौचालय निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

नगर खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठनको लागि आयोजित भेलाले नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको अध्यक्षतामा उपप्रमुख कबिता ढुंगाना उपाध्यक्ष, प्रशासकिय अधिकृत हिरामणी सुबेदी सदस्य सचिब र सबै निर्वा्चित वडा अध्यक्ष सहित बिभिन्न बर्ग र क्षेत्रबाट प्रतिनिधित्व रहने गरि ३१ सदस्यिय समन्वय समिति गठन भएको छ । साथै उपाध्यक्ष कबिता ढुंगानाको संयोजकत्वमा ७ सदस्यिय सरसफाइ गुणस्तर अनुगमन समति गठनसमेत गठन भएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जनाएको छ ।

वैठकले आगामी १० दिन भित्र नगरपालिकाका सबै वडाहरुमा वडा स्तरिय समन्वय समितिको पुर्नगठन गर्ने र डिसेम्वर भित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने संकल्प प्रस्तावसमेत स्वीकृत गरेको छ ।

यसैवीच बेलकोटगढी नगरपालिका वडा नं. १० ले पनि १५ दिनभित्र शौचालय निर्माण नभएका घरहरुले तत्काल शौचालय निर्माण गर्न सबै वडावासीहरुमा आग्रह गरेको छ । १५ दिनभित्र शौचालय निर्माण गर्ने परिवारलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा, सुविधा र सिफारिससमेत प्रदान नगरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top