२०८१, १३ बैशाख बिहीबार

टर्‍यो ‘कृ’ र ‘कान्छी’ भिडन्त

    मंसिर २६ २०७४ ०६:२५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अन्ततः फिल्म ‘कृ’ र ‘कान्छी’को भिडन्त टरेको छ । माघ २६ गतेलाई अनमोल केसी स्टारर फिल्म ‘कृ’लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट रिलिज हुने भएको छ । अनमोलको अगाडि असुरक्षित महशुस गरेपछि ‘कान्छी’ टीमले फिल्मको प्रदर्शन मिति फेरवदल गरेको स्रोत बताउँछ ।

अब माघ २६ गते ‘कृ’ एकल रिलिज हुनेछ । ‘कान्छी’ले घोषणा गरेको फागुन ४ मा भने छविराज ओझाको ‘मंगलम’ पनि प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज सार्नुको विषयमा जानकारी दिँदै श्वेताले भनिन्, ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टीमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनिकुनै निर्णय नभएपछि म आफैं सरेको हुँ ।’

यो फिल्मलाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । ‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । -फिल्मीखबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top