sujim advert

इन्डो–नेपाल तेक्वान्दोमा नेपाललाई १९ स्वर्ण

    कार्तिक २४, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

उत्कृष्ट प्रदर्शन गर्दै नेपाल टोली इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

नेपालले सर्वाधिक १९ स्वर्ण जित्यो । स्वर्णका अलावा नेपालले १६ रजत र ४२ कांस्य पनि हात पार्न सफल भयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय र्मासल आर्ट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारतले ३ स्वर्ण, ६ रजत र २ कांस्य प्राप्त गर्यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुषमा राज श्रेष्ठ र महिलामा निशा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् ।

विजेतालाई नेकपा माओवादी केन्द्रका पूर्व खेलकुद इन्चार्ज लीलाबहादुर थापा, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला, महासचिव राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top