World Tuberculosis Day 2025
sujim advert

अर्जुन कुमार फिल्म वितरणमा, स्टेसन फाइभ सम्भावित विगठन ?

    कार्तिक २४, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

निर्माता अर्जुन कुमारले फिल्म वितरण कम्पनी लन्च गरेका छन् । विहिबार आयोजित प्रेसमिटमा फाटेको जुत्ता निर्माताले अर्जुन कुमार फिल्मसले वितरण र लगानी दुबै पक्षमा काम गर्ने घोषणा गरे ।

उनी केही महिनाअघि लन्च भएको स्टेसन फाइभ नामक वितरण कम्पनीसँग आबद्ध थिए । उनी निर्मित फाटेको जुत्तालाई सोही कम्पनीले वितरण पनि गरेको थियो । तर, नयाँ कम्पनी घोषणा गरे लगत्तै स्टेसन फाइभभित्र आएको सम्भावित विगठनको रुपमा हेरिएको छ ।

अर्जुनकुमारलाई माधव वाग्ले र विश्व गौचनजस्ता अग्रणी निर्माता र उपकरण व्यवसायीको समर्थन छ । चाँडै कार्यालय स्थापना गरेर सेवा थाल्ने कुमारले प्रेसमिटमा बताए ।

‘हामीले चाँडै फिल्म निर्माण, वितरण र लगानीको क्षेत्रमा काम थाल्दैछौं’ अर्जुनकुमारले मेरोसिनेमासँग भने, ‘नयाँ र कलात्मक फिल्मलाई महत्व दिनेछौं । उनले फेस्टिभल लक्षित फिल्म र नयाँ पुस्ताका प्रोजेक्टमा आफूहरुले लगानी गर्ने बताए ।

अर्जुन कुमार फिल्मसले चाँडै आफूले वितरण गर्ने सिनेमाको लाइनअप समेत सार्वजनिक गर्ने भएको छ । अर्कोतर्फ, पपकर्न वितरण कम्पनी अहिले करिब बन्दजस्तै छ । कार्यालयलाई वाग्लेले प्रिन्सेस मूभिजको अफिसको रुपमा रुपान्तरण गर्ने तयारी गरेका छन् । -मेरोसिनेमा

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top