sujim advert

एकल बहुमतका लागि तयार हौँ -रामप्रसाद पुडासैनी

    कार्तिक १७, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

अहिले नेपालीलाई चाहिएको स्वतन्त्रता सहितको विकास हो । नेपालीको स्वतन्त्रता कुनै पनि वाद वा विचारले बहुमत वा दुईतिहाइ ल्याउँदैमा हराउन सक्ने अवस्था छैन । जब हाम्रो स्वतन्त्रता हरण हुँदैन भने जुन मोर्चाले बहुमत ल्याए पनि त्यसलाई ल्याउन दिनुपर्छ । बहुमत ल्याएपछि कम्तीमा पाँच वर्ष त राजनीतिक स्थायित्व हुन्छ । बहुमत ल्याएपछि पनि बीचमै सत्ता चलाउन सकेन भने चलाउन नसक्नेहरू पाखा लाग्छन् । वाद र विचारसँग डराउनेभन्दा पनि एउटा दल वा मोर्चालाई बहुमत दिलाउने प्रयासमा सबैले साथ दिनुपर्छ । नेपालले विकासमा गति नै लिन नसक्नुका धेरै कारणमध्ये कुनै पनि दलको बहुमत नहुनु एक कारण हो । काङ्ग्रेस, एमाले, माओवादी वा अन्य दलको विचारभन्दा पनि बहुमत ल्याउने पक्का भएको शक्तिलाई मत दिएर एकल बहुमतका लागि पहल गरौँ । यहाँ एमाले नेतृत्वको मोर्चा र काङ्ग्रेस नेतृत्वको मोर्चाले बहुमत वा दुईतिहाइ ल्याउना साथ तानाशाही हुन्छ भन्नु अहिलेको खुला परिवेशलाई भुल्नु हो ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले राजनीति तातेको छ । पहिलो चरणमा मङ्सिर १० र दोस्रो चरणमा मङ्सिर २१ गते निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणको निर्वाचनका लागि दल र उम्मेदवारहरूले चिह्नसमेत पाइसकेका छन् । दोस्रो चरणका लागि भने आज १६ गते उम्मेदवारी दिनेछन् । निर्वाचन आयोग र राजनीतिक दल मात्र होइन, जनतासमेत निर्वाचनका लागि तयारी अवस्थामा छन् ।

निर्वाचनका लागि दलहरूले मोर्चा बनाएका छन् । नेकपा एमालेको नेतृत्वमा वामपन्थी र नेपाली काङ्ग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा बनेको छ । मोर्चाको पक्ष र विपक्षमा अहिले राजनीतिक दलहरूबीच वाक्युद्ध नै चलेको छ । धेरै दल भएको कारण राजनीतिक अस्थिरता भयो भन्नेमा दलहरू आफैँ सहमत छन् । तर, मोर्चा बनाएर निर्वाचनमा गएकोमा पनि आलोचना भएको छ । एमाले नेतृत्वको वाम गठबन्धनप्रति अहिले धेरै आलोचना भएको छ । एमाले भनेको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको दल हो । माओवादी तेस्रो । पहिलो र तेस्रो दल मिलेपछि अरू सबै दलहरूको अवस्था कमजोर हुन्छ भनेर आलोचना भइरहेको छ ।

एमालेको नेतृत्वमा वाम गठबन्धन बनेपछि काङ्ग्रेसले आफूबाट बाहिरिएका विजयकुमार गच्छदारलगायतका विभिन्न समूहलाई पुनः आफ्नो पार्टीमा प्रवेश गराइसकेको छ । काङ्ग्रेसले राप्रपालाई पनि गठबन्धनमा तानेको छ भने तराईका दलहरूलाई पनि पार्टीगत वा व्यक्तिगत रूपमा ल्याउने प्रयास जारी राखेको छ । काङ्ग्रेस छाडेर बाहिरिएर मधेसवादी दलहरूमा प्रवेश गरेका केही नेताहरू पनि पुनः काङ्ग्रेसमै फर्किएका छन् । एमाले नेतृत्वको मोर्चा र काङ्ग्रेस नेतृत्वको मोर्चा बलियो बन्दै गएको कारण निर्वाचनमा एउटा मोर्चाले बहुमत ल्याउने देखिन्छ । एकल बहुमत नभएको कारण राजनीतिक अस्थिरता बढेको दलहरू नै स्वीकार गर्छन् अनि फेरि मोर्चा बनेकामा कडा विरोध पनि गर्छन् । यसले दलहरू निहित स्वार्थबाट प्रेरित छन् भन्ने देखिन्छ । आफ्नो मोर्चा बलियो भएमा मोर्चा चाहिन्छ भन्ने अनि आफ्नो नेतृत्वको मोर्चा कमजोर भयो भने मोर्चाविरुद्ध विषवमन गर्ने काम भएको छ । दलहरूले दोहोरो चरित्र त्याग्नुपर्छ । बहुमत ल्याएर एउटा दल वा मोर्चालाई काम गर्न दिने वा कसैलाई पनि बहुमत ल्याउन नदिएर सधैँ राजनीतिको फोहोरी खेल खेलिरहन दिने ? यसबारेमा दलहरूले प्रस्ट भन्नुपर्छ । आफूले बहुहत ल्याएमा ठीक र अरूले ल्याएमा बेठीक भन्ने सोच त्याग्नुपर्छ ।

देशलाई राजनीतिक रूपमा स्थिर र आर्थिक रूपमा एउटा बाटोमा लगाउने हो भने बहुमत ल्याउने मोर्चा बनाउने कार्यलाई दलहरूले स्वीकार गर्नुपर्छ । खासगरी नेपाली काङ्ग्रेस वाम गठबन्धनबाट धेरै त्रसित छ । तर, वाम गठबन्धनले निर्वाचन जितिहाल्छ र काङ्ग्रेस पत्तासाफ हुन्छ भन्ने के ग्यारेन्टी छ ? निर्वाचनमा जनता लाइन लागेर मतदान गरेपछि त्यसको गणना नगरी छिनोफानो हुन सक्तैन । जनताले मत नै दिन्छन् भने किन गाली गर्ने ? कुनै एउटा दल वा मोर्चालाई पाँच वर्ष काम गर्न दिएमा उसले राम्रो काम ग¥यो भने दश वर्ष वा थप केही वर्ष सरकार चलाउला । यदि देश नै बन्छ भने किन डराउनु ? देशलाई समृद्ध बन्न नदिने हो भने मोर्चा बनाएको विषयलाई लिएर आलोचना गर्दै जाऊँ होइन देश समृद्धिको बाटोमा हिँड्छ भने मोर्चा बनाएर निर्वाचनमा जाने सुरुवातको किन विरोध गर्ने ? नेपालका राजनीतिक दलहरू कुनै बेला कुकुर–बिरालो भएका थिए । बाध्यताले दलहरू अहिले मिल्ने अवस्थामा आएका छन् । दलहरू मिल्दा जनता र देशलाई नै हित हुन्छ भने कुनै वाद वा विचारलाई विरोध गर्नुको कुनै औचित्य छैन । नेपाल आर्थिक रूपमा धेरै कमजोर अवस्थामा पुगेको छ । कुनै वाद वा विचारले नेतृत्व गर्दा राम्रो हुन्छ भने हार्ने विचार वा वादले आफूलाई जनताको चाहनाअनुसार ढाल्नुपर्छ । यदि जनताको चाहनाअनुसार ढाल्न सकेमा अर्को निर्वाचन जित्नेमा कुनै शङ्का छन् ।

विश्वमै शक्तिशाली देशको रूपमा देखिएको अमेरिकामा पनि ४ वा ८ वर्ष एउटा विचारले शासन गर्छ अनि फेरि अर्को विचारले अर्को ४ वा ८ वर्ष शासन गर्छ । नेपालमा पनि त्यही अवस्था ल्याउन सकिएमा देशमा विकासले फड्को मार्नेमा कुनै शङ्का छैन । अहिले नेपालीलाई चाहिएको स्वतन्त्रतासहितको विकास हो । नेपालीको स्वतन्त्रता कुनै पनि वाद वा विचारले बहुमत वा दुईतिहाइ ल्याउँदैमा हराउन सक्ने अवस्था छैन । जब हाम्रो स्वतन्त्रता हरण हुँदैन भने जुन मोर्चाले बहुमत ल्याए पनि त्यसलाई ल्याउन दिनुपर्छ । बहुमत ल्याएपछि कम्तीमा पाँच वर्ष त राजनीतिक स्थायित्व हुन्छ । बहुमत ल्याएपछि पनि बीचमै सत्ता चलाउन सकेन भने चलाउन नसक्नेहरू पाखा लाग्छन् । वाद र विचारसँग डराउनेभन्दा पनि एउटा दल वा मोर्चालाई बहुमत दिलाउने प्रयासमा सबैले साथ दिनुपर्छ । नेपालले विकासमा गति नै लिन नसक्नुका धेरै कारणमध्ये कुनै पनि दलको बहुमत नहुनु एक कारण हो । काङ्ग्रेस, एमाले, माओवादी वा अन्य दलको विचारभन्दा पनि बहुमत ल्याउने पक्का भएको शक्तिलाई मत दिएर एकल बहुमतका लागि पहल गरौँ । यहाँ एमाले नेतृत्वको मोर्चा र काङ्ग्रेस नेतृत्वको मोर्चाले बहुमत वा दुईतिहाइ ल्याउनासाथ तानाशाही हुन्छ भन्नु अहिलेको खुला परिवेशलाई भुल्नु हो । नेपाली जनताले पनि जुन मोर्चाले एकल बहुमत ल्याउँछ त्यसैलाई मतदान गरौँ । राजनीतिक फोहोरी खेलबाट हामी नेपाली धेरै आजित भइसकेका छौँ । अब पनि यस्तै फोहोरी खेल हेर्ने पक्षमा हामी छैनौँ । त्यो मोर्चा काङ्ग्रेस नेतृत्वको होस् वा एमाले नेतृत्वको होस् जसले पाँच वर्षसम्म सत्ता चलाउँछ त्यसैलाई दिएर हेरौँ । काम गरेनन् भने काम नगर्ने दल वा मोर्चा आफैँ पाँच वर्षपछि खुइलिएर जानेछन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top