२०८१, १४ बैशाख शुक्रबार

प्रथम नगर कप खुल्ला फुटबल प्रतियोगितामा नुवाकोट युनाईटेड विजयी (फोटो फिचर)

    कार्तिक १० २०७४ २१:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुनील श्रेष्ठ, कोलनी । कोलेनी युथ सर्कलको आयोजनामा  प्रथम नगर कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको फाईनल खेलमा विदुर सिटी युथ क्लबमाथि १-२ को अन्तरले नुवाकोट युनाईटेड फुटबल क्लब विजयी भएका  छन् ।

पहिलो हाफमा १-० ले अगाडी रहेको नुवाकोट युनाईटेड फुटबल क्लब दोस्रो हाफमा १ गोल फर्काउन्दै विदुर सिटी युथ क्लबले बराबरीमा खेलेको थियो । खेलको अन्तिम समयमा अर्को १ गोल थप्दै नुवाकोट युनाईटेड फुटबल क्लब २-१ को अन्तरले विजयी भएको हो ।

प्रतियोगिताका प्रमुख अतिथि विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितले विजेता र उप-विजेता टिमलाई प्रमाण-पत्र, मेडल र शील्ड प्रदान गरेका छन् । विजेतालाई पुरस्कृत गर्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले स्थानीयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गरि विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनु पर्ने वताए ।

आयोजक कोलेनी युथ सर्कलका अध्यक्षले नगदराशि विजेता नुवाकोट युनाईटेड फुटबल क्लबलाई रु.३० हजार  र उप-विजेता विदुर सिटी युथ क्लबलाई रु. १५ हजार प्रदान गरेका थिए । विजेता नुवाकोट युनाइटेडका अनील प्याकुरेलले उत्कृष्ट गोलरक्षक तथाआयोजक कोलोनी युथ सर्कलका विकास थापाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए ।

कार्यक्रममा नुवाकोट जिल्ला अस्पतालका अध्यक्ष, पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, संचारकर्मीहरु र बसिबियाँलो नुवाकोटका प्रतिनिधिको उपस्तिथी रहेको थियो ।

गत असोज ३१ गतेदेखि सन्चालित सो प्रतियोगितामा नुवाकोटका १० वटा फुटवल क्लवको सहभागिता रहेको थियो ।

22851585_10156114309430649_226845730_o

 

 

22851507_10156114310355649_1304214420_o 22851183_10156114308320649_352950024_o 22882455_10156114310630649_1376578005_o

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top