sujim bazar advert

प्रथम नगर कप खुल्ला फुटबल प्रतियोगितामा नुवाकोट युनाईटेड विजयी (फोटो फिचर)

    कार्तिक १०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

सुनील श्रेष्ठ, कोलनी । कोलेनी युथ सर्कलको आयोजनामा  प्रथम नगर कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको फाईनल खेलमा विदुर सिटी युथ क्लबमाथि १-२ को अन्तरले नुवाकोट युनाईटेड फुटबल क्लब विजयी भएका  छन् ।

पहिलो हाफमा १-० ले अगाडी रहेको नुवाकोट युनाईटेड फुटबल क्लब दोस्रो हाफमा १ गोल फर्काउन्दै विदुर सिटी युथ क्लबले बराबरीमा खेलेको थियो । खेलको अन्तिम समयमा अर्को १ गोल थप्दै नुवाकोट युनाईटेड फुटबल क्लब २-१ को अन्तरले विजयी भएको हो ।

प्रतियोगिताका प्रमुख अतिथि विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितले विजेता र उप-विजेता टिमलाई प्रमाण-पत्र, मेडल र शील्ड प्रदान गरेका छन् । विजेतालाई पुरस्कृत गर्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले स्थानीयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गरि विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनु पर्ने वताए ।

आयोजक कोलेनी युथ सर्कलका अध्यक्षले नगदराशि विजेता नुवाकोट युनाईटेड फुटबल क्लबलाई रु.३० हजार  र उप-विजेता विदुर सिटी युथ क्लबलाई रु. १५ हजार प्रदान गरेका थिए । विजेता नुवाकोट युनाइटेडका अनील प्याकुरेलले उत्कृष्ट गोलरक्षक तथाआयोजक कोलोनी युथ सर्कलका विकास थापाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए ।

कार्यक्रममा नुवाकोट जिल्ला अस्पतालका अध्यक्ष, पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, संचारकर्मीहरु र बसिबियाँलो नुवाकोटका प्रतिनिधिको उपस्तिथी रहेको थियो ।

गत असोज ३१ गतेदेखि सन्चालित सो प्रतियोगितामा नुवाकोटका १० वटा फुटवल क्लवको सहभागिता रहेको थियो ।

22851585_10156114309430649_226845730_o

 

 

22851507_10156114310355649_1304214420_o 22851183_10156114308320649_352950024_o 22882455_10156114310630649_1376578005_o

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top