+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा झिलिमिली तिहार संगीतमय, स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसम्म

डबली खबर
८ साल अगाडी

विदुर । नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसर पारेर नुवाकोटमा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुलाई स्थानीय युवाहरुले भित्राउने भएको छ ।

तुप्चे यूवा क्लवद्वारा आयोजित तुप्चेमा आश्विन ३१ गते रामजी खाँड, राधिका हमा, शर्मिला गुरुङ्ग, सरु गौतम लगायत नेपाल आइडलका टप ८ उल्सन श्रेठ तथा नेपाली तारा प्रताप लामा कलाकारको प्रस्तुती रहनेछ ।

बट्टार यूवा क्लवद्वारा आयोजित कार्यक्रम आश्विन १ गतेको दिन नेपाली पपस्टार गायक दिपक बज्राचार्य र स्थानिय कलाकारहरुको प्रस्तुति रहने बादल श्रेष्ठले बताए ।

आश्विन २ गते विदुर सिटी युथ क्लवद्वारा आयोजित “नुवाकोट झिलिमिली साँझ” मा कमल खत्री, कार्टूनज् क्रेउ, स्थानिय कलाकारहरु मदन थापा, हरिजंग पाण्डे, उशनमान श्रेष्ठ, शैलेष शाही आदि कलाकारहरुको प्रस्तुति रहने क्लबका उपाध्यक्ष सुनील श्रेष्ठले बताए।

त्यसै गरी आश्विन ३ गते जालपा फ्रेसको प्रस्तुती, ग्यालेक्सी इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हेमन्त राणा, अर्जुन कुमार र डाइनामिक्स ब्याण्डले प्रस्तुती दिने भएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ