sujim bazar advert

चेट चंगा चेट

    अशोज ९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

धार्मिक पुस्तकमा चंगा गौतमबुद्ध जन्मनुअघि नै निर्माण गरिएको उल्लेख छ

दसैंको आगमनसँगै चंगाहरू सफा आकासमा फटफटाउन थाल्छन् । सानामात्र होइन ठूला पनि चंगा उडाउने खेलमा निकै रमाएको देखिन्छ । चंगा उडाउने खेल त्यत्ति गाह्रो होइन तर केही कुरामा भने ध्यान दिनुपर्छ । स्थान, समय र तरिकालाई राम्ररी मनन गर्नुपर्छ ।

चंगा उडाउनुअघि खुला ठाउँको खोजी गर्नुपर्छ । जहाँ बारबार हावा चलिरहन्छ । अझ हल्का उठेको ठाउँ भए उत्तम हुन्छ । उठेको ठाउँमा हावा तलबाट माथि जाने हुँदा चंगा उडाउन सजिलो हुन्छ । चंगा उडाउँदा बाटो, रुख, बिजुलीको खम्बा, तार आदिको ख्याल गर्नुपर्छ । खाल्डाखुल्डीमा पनि ध्यान दिनु बेस हुन्छ ।

आवश्यक सामग्री

चंगा कागज र चोया (बाँसका हल्का र ठूला सिर्कना) ले बनाइन्छ । रेसम र पातला कागजले बनेका चंगा उडानका लागि उत्तम हुन्छन् । चंगा प्लास्टिकबाट पनि बनाइन्छ । सजावटका लागि चंगामा रंगविरंगी रङ पनि भरिन्छ । चंगा त्रिभुज, चतुर्भुज, वर्गाकार, चौडाकार, गोलाकार बट्टा (बक्स अकार) सबैमा उपलब्ध हुन्छन् । नेपालमा भने चतुर्भुज चल्तीमा छन् ।

चंगासँगै हामीलाई धागो र लट्टाई पनि चाहिन्छ । धागो चंगालाई थेग्न सक्ने र हलुका हुनुपर्छ, जो हावामा सजिलै तैरन सकोस् । लट्टाई हातले अड्याउन सक्ने हुन्नुपर्छ ।

के गर्ने ?

सर्वप्रथम चंगाको पछाडिबाट चोयाको दुई छेउपट्टि एउटै सानो धागो राम्ररी बाँध्ने । यसलाई कक अथवा कका भनिन्छ । ककको बीचमा लट्टाईको ठूलो धागो बाँध्ने र यहाँ भनेजस्तै गर्ने ।
१ . चंगालाई एक हातमा लिने र लट्टाईलाई अर्को हातमा । हावा कतातिर जाँदैछ, दाँया वा बायाँ ख्याल गर्ने । चंगालाई त्यतै फर्काउने ।
२ . बिस्तारै चंगाले हावालाई पछ्याउन थाल्छ । बिस्तारै लट्टाईबाट धागो छोड्दै जाने । चंगा माथिमाथि जान थाल्छ ।
३. चंगा दाँयाबायाँ ग¥यो भने अझै धागो छोड्ने । अस्थिर भइरहने चंगामा सानो पुच्छर जोड्न सकिन्छ । पुच्छरले चंगालाई स्थिर रहिरहन मद्दत गर्छ ।
४ . चंगालाई तल झार्न बिस्तारै बिस्तारै धागोलाई हातले तलतिर तान्ने । यदि हावा बलियो छ भने चंगालाई पछ्याउँदै तल झर्न कोसिस गर्ने ।

इतिहास

चंगा  पहिलो उड्ने आविस्कार हो । चंगाको आविस्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ । चिनियाहरू चंगा उडाउने र आविस्कार गर्नेमा अग्रपंक्तिमा आउँछन् । चीनका दार्शनिकहरू मोजी र लु बानले चंगाको आविस्कार गरेका हुन् । त्यसबेला चंगा बनाउन रेसमको कपडा प्रयोग गरिन्थ्यो । अनि रेसमकै धागोले उडाइन्थ्यो ।

धेरै पहिले रुखका ठूला पातबाट पनि चंगा बनाइन्थ्यो । धेरै समयसम्म ती चंगालाई माछा मार्न प्रयोग गरियो । आजभोलि चंगा रेसम, कागज र प्लास्टिकबाट बनाइन्छ । तर त्यतिबेला कागज कहाँ पाउनु ? कागजको आविस्कार हुनु हजार वर्ष पहिले नै चंगाको प्रयोग गरिन्थ्यो, पात र रेसमका । चंगा कुनै बेला निकै उपयोगमा पनि आएको थियो । चिनियाहरूले सन् १७५२ मा शत्रु पहिचनका निम्ति यसलाई संकेत सामग्रीको रूपमा प्रयोग गरेका थिए ।  पहिलेका सेनाले कुनै कुराको संकेत गर्न, गोलीगट्ठा पठाउन र लडाइँ भइरहेको बेलाका स्थिति कस्तो छ भन्ने जान्न चंगामा फलाम अड्याएर चंगामा मान्छेलाई राखेर पठाउँथे । त्यस्तै अमेरिकी वैज्ञानिक बेन्जामिन फ्राङकलिनले चंगामा फलाम अड्क्याएर चट्याङको विद्युतीय प्रकृति जाँच्न पनि सफल भएका थिए । अलेक्जेन्डर ग्राम बेल, गुल्मियो मार्कोनी र बेडेन पावेल जस्ता अरू वैज्ञानिक, आविस्कारक र अनुसन्धानकर्ताले पनि अनुसन्धानक्रममा यसको प्रयोग गरेका थिए ।

आजकाल चंगा उडाउनु सोख र रमाइलोको कुरा हो । यो प्रतियोगितात्मक खेल पनि भइसकेको छ । चंगा उडान विश्वभरि नै तीव्र गतिमा लोकप्रिय हुँदै गएको खेल हो । हाम्रा महत्वपूर्ण चाड दसैं र तिहारसँग चंगाको साइनो छ । यसबेला लामो बिदा हुनाले चंगा उडाएर समय कटाउनु पनि उमंगमय हुन्छ ।

 चंगा महोत्सव / जात्रा

विश्वका केही भागमा चंगा उडाउने महोत्सव र प्रतियोगिता आयोजना गरिन्छ । एसिया महादेशका धेरै राष्ट्रमा चंगा महोत्सव प्रसिद्ध छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता आयोजना गरिन्छ । भारतमा पनि चंगा महोत्सव हुन्छ । पोङगलको समयमा हुने यो महोत्सव अहमदाबादको गुजरातमा हुन्छ । २१ वर्षदेखि गरिदै आएको उक्त महोत्सव चंगा महोत्सवमध्येकै ठूलो हो जहाँ ३६ प्रतियोगी राष्ट्र सम्मिलित हुन्छन् । दसैंको समयमा नेपालको काठमाडौं उपत्यकामा पनि चंगा चेट प्रतियोगिता गरिन्छ ।

सांस्कृतिक महत्व

धार्मिक पुस्तकमा चंगा गौतमबुद्ध जन्मनुअघि नै निर्माण गरिएको उल्लेख छ । धेरै वर्ष पहिलेदेखि नै मानिस चंगा उडाएर भगवानसँग प्रार्थना गर्थे । लोककथा र किंवदन्तीअनुसार उनीहरू भगवानसँग बालिनालीको उचित स्याहारसुसार, उब्जनी, स्वास्थ्य, मौसम र शुभलाभको कामना गर्दै चंगा उडाउँथे । केही मानिसले चंगालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा उडाउने गर्छन् । आकाशमाथि चंगा उडेको देख्दा आँखा तेजिलो हुने चिनिया विश्वास राख्छन् । धेरै पहिलेदेखि नै चरा धपाउने बुख्याँचाका रूपमा, मौसमसूचक सामग्रीका रूपमा र दुष्ट आत्मा भगाउने विश्वासमा चंगामा उडान गरिन्थ्यो । अहिले पनि विभिन्न मुलुकमा चंगा उडाउनु सुखसमृद्धि कायम राख्नु हो भन्ने विश्वास छ ।

 चंगाबारे रोचक तथ्य

  • विश्वका सबभन्दा सानो चंगा ५ मिलिमिटरको उडाइएको थियो ।
  • जापानमा एकैपल्ट ११,२८४ चंगा उडाइएको थियो, जुन विश्व कीर्तिमान हो ।
  • विश्वको सबभन्दा लामो चंगा १,०३४ मिटरको उडाइएको थियो । सबभन्दा ठूलो चंगा ५५ गुण २२ मिटरको बनाइएको थियो ।
  • जापानमा २ टन तौलसम्मको चंगा बनाइएको थियो ।
  • जमिनबाट ३,८०१ मिटर उचाइसम्म चंगा उडाइएको कीर्तिमान छ ।
  • सबभन्दा बढी १८० घण्टासम्म चंगा उडाइएको थियो ।
  • सांस्कृतिक क्रान्तिको समयमा चीनमा चंगा उडाउन प्रतिबन्ध लगाइएको थियो । उडाएको पाइए तीन वर्षसम्म जेल सजाय हुन्थ्यो ।
  • थाइल्यान्डमा चंगा उडाउने ७८ नियम छन् ।
  • थाइल्यान्डमा पुरुष र महिला चंगा बनाएर एकअर्कासँग प्रतिस्पर्धा गराइन्छ ।
  • कामभन्दा चंगा उडाउनमै धेरै मान्छे व्यस्त भएपछि जापानमा सन् १७६० मा चंगा उडाउन प्रतिबन्ध नै लगाइएको थियो ।
  •  चंगाको विकसित रूप नै हवाई जहाज हो ।
  • अमेरिकाको गृहयुद्धमा संकेत र चिठी आदनप्रदान गर्न चंगा प्रयोग गरिएको थियो ।
  • चीनमा चंगा उडाउँदा स्वस्थ हुने विश्वास गरिन्छ ।
  • हरेक साता विश्वमा कहीं न कहीं चंगा महोत्सव भइरहेका हुन्छन् । इन्डोर (घेरिएको भित्री भाग) मा पनि चंगा महोत्सव आयोजना गरिन्छ ।
  • चीनबाट युरोप पुगेको महत्त्वपूर्ण वैज्ञानिक प्रविधिमा चंगालाई मानिन्छ ।
  • इन्डोनेसियामा माछा मार्न पनि चंगाको प्रयोग गरिन्छ, जहाँ चंगा पातको बनाइएको हुन्छ ।
  • न्युजिल्यान्डमा आदिवासीहरूले कपडा र प्वाँख लगाएका चंगा पनि बनाएर उडाउँछन् ।
  • ‘एक आकाश एक विश्व’ नारासहित हरेक वर्ष अक्टोबरको दोस्रो साताको आइतबार विश्वभरि चंगा उडाएर मनाइन्छ ।
  • कागजको आविष्कार हुनुभन्दा १ हजार वर्षअघि चंगा उडाउन थालिएको थियो ।
  • खेती राम्रो भएपछि खुसीयालीमा भगवान्लाई धन्यवाद दिन चंगा उडाउन थालिएको थियो ।
  • बेन्जामिन फ्रयांकलिनले चंगाको प्रयोग गरेर विद्युत् पत्ता लगाएका थिए ।
  • मानिसको उद्धार गर्न पनि चंगा प्रयोग गरिएको छ । दोस्रो विश्वयुद्धमा बेलायती सेनाले आफ्ना मान्छेको उद्धार गर्न चंगा प्रयोग गरेको थियो ।
  • बर्लिनको पर्खालमा मानिस चढ्ने सम्भावना भएकाले पूर्वी जर्मनीमा ठूलो चंगा उडाउन प्रतिबन्ध छ ।

गिनिज बुकमा चंगा

  • सन् १९९८ फेब्रुअरी २८ मा अमेरिकी नागरिक हेनरी हेल्थले स्विजरल्यान्डका एइसँग मिलेर बाह्र हजार ४७१ फिटमाथि चंगा पु¥याएर विश्व कीर्तिमान कायम गरेका थिए ।
  • विश्व कीर्तिमान राख्न सन् १९८४ अगस्ट ८ मा नेदरल्यान्ड्सका हरमन वानडेव ब्रोएपक र जोन पाइटर क्युएलले सबैभन्दा ठूलो चंगा धेरै समय उडाएका थिए । ८५८ वर्गफिट क्षेत्रफलको चंगा उनीहरूले २५ मिनेट उडाएका थिए ।
  • सबैभन्दा धेरै चंगा उडाउने व्यक्ति जापानका सदाओ हरादा हुन् । उनले एकै पटक ११ हजार २८४ वटा चंगा लस्करै एउटै डोरीमार्फत उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए । उनले चंगा सन् १९९० अक्टोबर १८ मा उडाएका थिए ।
  • सबैभन्दा धेरै बालबालिका मिलेर एकै पल्ट चंगा उडाउँदा ३१ जुलाई २००९ मा नयाँ कीर्तिमान कायम भएके थियो । संयुक्त राष्ट्रसंघको आयोजनामा उत्तर गाजाको लाहिया मेडिटेरियन तटमा प्लालेस्टाइनका ११९ स्कुलका १५ हजार बालबालिकाले एकैपल्ट चंगा उडाएर विश्व कीर्तिमान कायम गरेका थिए ।

 चंगा उडानका नियम, कानुन, प्रतिबन्ध र युद्धसंघर्ष

  •  चीनमा सांस्कृतिक क्रान्तिको समय चंगा उडान प्रतिबवन्धत थियो । कसैले चंगा उडाएको फेला प¥यो भने चंगा नष्ट गरिन्थ्यो नै, चंगा उडाउनेलाई तीन वर्ष जेलसजाय पनि दिइन्थ्यो ।
  • थाइल्यान्डमा चंगा चेट (लडाइँ खेल) गर्ने सम्बन्धी ७८ वटा नियम बनेका छन् ।
  • मानिसले काम गर्न छाडेर चंगा उडाउन थालेपछि सन् १७६० मा जापानमा चंगा उडानमा प्रतिबन्ध लगाइएको थियो ।
  • अमेरिकी गृहयुद्धमा चंगालाई चिठीपत्र र अखबार ओसारपोसारमा प्रयोग गरिएको थियो ।
  • तत्कालीन पूर्व जर्मनीमा ठूूला चंगा उडानमा प्रतिबन्ध लगाइएको थियो । कारण– चंगामा बसेर कसैले बर्लिनको पर्खाल पार गर्लान् भन्ने त्यहाँका अधिकारीहरूको चिन्ता ।
  • रसियनहरूले युद्धको समयमा टोरपेडोज (समुद्री जहाज ध्वस्त पार्ने ट्युब आकारको बम) ओसारपोसारमा पनि यसलाई प्रयोगमा ल्याएका थिए ।

यस्तो हर्कत कहिल्यै नगर्नू

केहि समय अगाडी यसै मौसममा काठमाडौं स्वयम्भुको एक घरमा एक घटना भयो । पानी परेर भर्खर बिदा भएको थियो । नौदस वर्षको बच्चा चंगा उडाउन हौसिदै घरको छतमा गयो । हावा चलेकाले चंगा हल्का उड्दै थियो । अचानक चंगाको डोरी बिजुलीको हाइटेनसन लाइन छुन पुथ्यो । त्यो डोरी पानीले भिजेकाले चिसो रहेछ । हाइटेनसनको शक्तिशाली करेन्ट डोरी हुँदै बालकको शरीरसँग आइपुग्यो । त्यसले बच्चा बेहोस भयो । अस्पताल पु-याइए पनि निको हुन नसकेर बालकको निधन भयो ।
यो उदाहरण मात्र हो । एक आकडाअनुसार विश्वमा एक वर्षमा कम्तिमा पनि १२ जनाको मृत्यु चंगा उडाउँदा दुर्घटनामा परेर हुन्छ । त्यसैले यस्ता घटनाबाट जोगिन विद्युत लाइन, वरिपरि वाल भएको सुरक्षित छत वा खुला ठाउँ, सुक्का डोरीको प्रयोग गरौं ।  -एजेन्सीको सहयोग
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top