२०८१, १३ बैशाख बिहीबार

ढुङ्गे र त्रिशुली बजारको शौचालयको ढल, सीधै त्रिशुली नदीमा

    आश्विन ४ २०७४ १८:१०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशुली । नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाएको पाइएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गेका झण्डै १ सय ५० घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

‘पुरानो नगरपालिका, व्यवस्थित योजना बिनै बसाएको सहर र जग्गाको अभावमा शौचालयको ढल सीधै त्रिशुलीमा मिसाइदै आएको छ, हामीले दुई चार पटक छलफल पनि चलाईसकेका छौं’ अध्यक्ष तामाङले भन्नुभयो ।

त्रिशुली नदी किनारमा रहेको पुरानो बस्ती भएकाले शुरु देखि नै सेफ्टी ट्याङक नबनाई नदीमा विसर्जन गर्दै आएको उहाँले बताउनुभयो ।

सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने विषयमा छलफल

नदी किनारमा रहेको बस्ती र सीमित जमीनका कारण हरेक घरमा सेफ्टी ट्याङ्क बनाउन असम्भव भएकाले यसको विकल्पमा सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको छ ।

अध्यक्ष तामाङका अनुसार यस विषयमा युनिसेफले समेत चासो देखाएको र सम्बन्धित घरधनीसँग पनि छलफल भइसकेको छ । खुला ढल प्रणालीका कारण सरसफाइ कार्यक्रम समेत प्रभावित भएको छ । ‘हामीले नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्ने भनेका छौं, तर बाधक यो पनि हो ।

दिसा जत्ति खोलामा बगाउने अनि खुला दिसामुक्त नुवाकोट भन्न सुहाउने हो कि होइन ? हामी द्विविधामा परेका छौ, त्यसैले यो समस्या समाधान गरेर मात्र खुला दिसामुक्त घोषणा गर्छौ’ उहाँले भन्नुभयो ।

नुवाकोट कार्यरत वास एजेन्सीहरुले नुवाकोटलाई असोज महिनाभित्रै खुला दिसामुक्त घोषणा योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । -वास खबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top