sujim advert

नुवाकोट जिल्लालाई कात्तिक मसान्तसम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी तयारी

    भदौ १६, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

जिल्लाका पाँच हजारभन्दा बढी घरमा शौचालय निर्माण हुनै बाँकी

नुवाकोट जिल्लालाई कात्तिक समान्तसम्ममा दुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराइने भएको छ । भुकम्प पछिको भौतिक संरचना ध्वस्त भएको जिल्लामा शौचालयको पुन निर्माणमा पूर्ण नआएादै गरिएको यो हत्तार ववादमा रहेपनि घोषणा तयारी थालिएको छ ।

अबको ठीक साढे दुई महिना पछि नुवाकोट जिल्लाको सबै घरधुरीमा शौचालय निर्माण भएको घोषणा सरकारी पक्षबाट हुने छ । आज आयोजित जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिकाका प्रमुख, उप प्रमुख, कार्यकारी अधिकृतहरुलाई सरसरफाई र स्वच्छता सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरेर उक्त जानकारी दिइएको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटको आयोजनामा भएको उक्त कार्यक्रमलाई ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डवोर्डले सघाएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सबै पदाधिकारीहरु, स्थानीय विकास अधिकारी, जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उप प्रमुख, यो अभियानमा लागेको जिल्लाका केही गैर सरकारी संस्थाका पदाधिकारी, सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

motivational interaction training

 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका निम्त्रि प्रमुख विश्वजित कायस्थका अनुसार नुवाकोट जिल्लाको पुरानो संरचनाको आधारमा २५ वटा गाउँ विकास समितिहरु पूर्ण रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भईससकेको छ ।

नुवाकोट जिल्लामा ६५ हजार ४ सय १५ घरधुरी रहेको तथ्याङ्क रहेको खानेपानी कार्यालयका अनुसार ९१ प्रतिशतमा सरसफाई, ८३ दशमलव १४ प्रतिशत खानेपानीको कभरेज रहेको छ  । अब ७ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने, १४ वटाको अनुमगनको तयारी रहेको बताइएको छ । एक महिना अघि दुप्चेश्वर गाउँपालिकालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।

कार्यक्रममा सहभागिहरुले भने कार्यक्रम कागजमा मात्रै सिमित हुने खतरा बढेको तर्फ संकेत गरेका थिए । तर सरकारले नै अबको साढे दुई महिना भित्र जिल्लालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना पहिलानै तय गरिसकेकोले स्थानीय तहले त्यसलाई आफ्नो कार्यक्रमका रुपमा ग्रहण गरेर अभियान अगाडी बढाउनु पर्ने बताइएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका अनुसार जिल्लामा अझै पाँच हजार घरमा शौचालय बन्न बाँकी रहेको छ । त्यसका साथै त्रिशुली बजारमा स्थानीयहरुले ढललाई सिधै त्रिशुली नदीमा हालेकोले पनि जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको कार्यक्रममा बताइयो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ईच्छाशक्ति भएको जिल्लालाई नै घोषणा गर्न सकिने भएपनि केही प्राविधिक कठिनाईका कारण मंसिरको अन्तिमसम्ममा यो अभियानलाई पु-याउन सकेमा प्रभावकारी हुने धारणा राख्नुभयो ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अबको दुई महिना भित्रमा विदुर नगरपालिकालाई खुल्ला दिसामुक्त षेत्र घोषणा गर्न नसकिने र त्यसका लागि आउँदो असार मसान्तसम्म कुर्नु पर्ने बताउनुभएको छ । बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बेल्कोटगढी नगरपालिकामा पनि दुई महिनामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा सम्भावना नभएको बताउनुभएको छ । यस्तै, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले घोषणा गरिएको गाउँहरुमा अनुगमन गर्दा शौचालय नभेटिएको र काजगमा मात्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको बताउनुभएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top