२०८१, १४ बैशाख शुक्रबार

साढे ४२ अर्ब कमाउन १ खर्ब ३८ अर्ब खर्च !

    भाद्र ८ २०७४ १३:१७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा बाणिज्य बैंकहरुले विभिन्न शिर्षक अन्तरगत १ खर्ब ३८ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेका छन् । गत आबमा २८ वटा बाणिज्य बैंकले कर्मचारी तलबभत्ता देखि ब्याजखर्चमा सो बराबरको रकम खर्चिएका हुन् ।

बाणिज्य बैंकले उक्त खर्च गरेर ४२ अर्ब ५४ करोड रुपैयाँ खुद आम्दानी गरेका छन् । बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण अनुसार सबैभन्दा बढी ब्याज खर्चमा पैसा गएको छ । बैंकहरुले ब्याज खर्च अन्तरगत ७९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । गत आबमा लेण्डिङ क्रञ्चका कारण बैंक वित्तीय संस्थाले महङ्गो ब्याजदरमा निक्षेप संकनल गरेसँगै ब्याजखर्च बढी देखिएको हो ।

यसैगरी बाणिज्य बैंकहरुले कर्मचारीको तलबमा दोस्रो बढी खर्च गरेका छन् । उक्त शिर्षक अन्तरगत २० अर्ब ११ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ भने कर्मचारीकै बोनसमा ५ अर्ब ८६ करोड १७ लाख रुपैयाँ खर्च भएको वित्तीय विवरणले देखाएको छ ।

बैंकहरुले अन्य संचालन खर्च शिर्षक अन्तरगत १५ अर्ब १६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ भने १७ अर्ब ८१ करोड रुपैयाँ कर तिरेका छन् ।

गत आबमा बैंकहरुको आम्दानीको मुख्य स्रोत ब्याजबाट १ खर्ब ५४ अर्ब २९ करोड रुपैयाँ कमाएका छन् । बैंकहरुले कर्जामा ब्याजदर उच्च रुपमा बृद्धि गरेसँगै अघिल्ला बर्षको तुलनामा गत आबमा ब्याज आम्दानी ह्वात्तै बढेको हो । गत आबमा बैंकहरुले क्रेडिट क्रञ्चको समस्या देखाउँदै कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिएका थिए ।

यसैगरी अन्य संचालन आय अन्तरगत ८ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेका छन् भने गैर संचालन मुनाफा अन्तरगत ३ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । सो अबधिमा बाणिज्य बैंकहरुको रेगुलर एक्टिभिटिज शिर्षक अन्तरगत ६६ अर्ब १० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । सो अबधिमा बैंकहरुले अतिरिक्त आम्दानी शिर्षक अन्तरगत भने ११ करोड रुपैयाँ मात्र कमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top