sujim advert

असोजभित्रै नुवाकोट खुला दिसामुक्त हुँदै

    साउन २२, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्न असोज ११ गतेसम्ममा नुवाकोटका सबै गाउँपालिका र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिसक्ने भएको छ नुवाकोटका वास एजेन्सीहरुले संयुक्त रुपमा कार्य योजना बनाई गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त गर्ने समय तोकेको हो ।

दश गाउँपलिका र दुई नगरपालिका रहेको नुवाकोटको अहिलेसम्म दुप्चेश्वर गाउँपालिका मात्र खुला दिसामुक्त घोषणा भएको छ । दुप्चेश्वरलाई यही असार १६ गते खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणा गर्ने क्रममा विशेष ठाउँमा थप सहयोगको आवश्यकता परेमासंयुक्त सहयोग गर्न सबै एजेन्सी प्रतिबद्ध भएका छन् ।

कुन गाउँपालिका कहिले खुलादिसामुक्त हुदैछन् ?

नुवाकोटका गाउँपालिकाहरुको अहिलेसम्मको प्रगतिको समीक्षा गरी सोही अनुसार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम समेत तय गरिएको छ । नुवाकोट जिल्लाका वास एजेन्सीहरुले तयार पारेको कार्ययोजना अनुसार भदौमा मात्र ५ वटा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिनेछ ।

भदौ १ गते मेघाङ गाउँपालिकालाई भदौ १ गते, किस्पाङलाई भदौ २ गते, शिवपुरीलाई ३ गते, बेलकोटगढी नगरपालिकालाई भदौ ४ गते र लिखुलाई भदौ ५ गते र सूर्यगढी गाउँपालिकालाई भदौ ७ गते खुला दिसामुक्त घोषणा गर्ने तय गरिएको छ ।

यस्तै असोज ६ गते टाँडी, असोज ८ गते तारकेश्वर, असोज ९ गते विदुर नगरपालिका, असोज १० गते पञ्चकन्या र ११ गते ककनीलाई खुला दिसामुक्त घोषणा गर्ने नुवाकोट जिल्लाका वास एजेन्सीले जारी गरेको सूचनामा उल्लेख छ ।

वास एजेन्सीहरुले वडा तहमा समेत खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरी कार्यबाँडफाँट गरिसकेका छन् ।

जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकालाई खुलादिसामुक्त घोषणा गरेपछि क्षेत्रीय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गरी प्रमाणीकरण गरेपछि जिल्लालाई खुलादिसामुक्त घोषणा गरिन्छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top