sujim bazar advert

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

    भदौ १२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट, चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहीबार १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना गरेको छ । तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बिक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो ।

उक्त घटनामा संलग्न भएकाहरु अन्य ५ जना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ । -रासस

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top