sujim bazar advert

मैलुङ खोलाले बगायो रसुवालीको शेयर सपना (रसुवाका क–कस्ले पाए सुचि सहित)

    साउन २, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा, साउन २ – रसुवाको मैलुङ खोला जलविद्युत आयोजनाले स्थानीयको लागि जारी गरेको शेयर समेत समान रुपमा वितरण नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

आयोजनाको प्रभावित क्षेत्र र जिल्लावासीका लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता सेयर बितरण गरिने वताइए पनि वाँडफाँड गर्ने समयमा चिठ्ठा प्रणालीमा वितरण गरेपछि रसुवावासी आक्रोसित भएका हुन् ।

आयोजनाले कुल शेयरको १० प्रतिशत जिल्लावासीले छुट्याउनुपर्ने भएकाले सो सङ्ख्यामा शेयरको लागि आवेदन माग गरेको थियो । गत जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ९५ प्रतिशतले शेयर भरेका थिए ।
कम्पनीले चिठ्ठा प्रणाली भन्दै २२ हजार ९ सय ३२ जनालाई मात्र शेयर वितरण गरिएको छ ।

एक हजार कित्ता भर्नेलाई तीन सय ३३ कित्ता, दुई सय कित्ता भर्नेलाई ६७ , सय कित्ता भार्नेलाई ३२ कित्ता र न्यूनतम १० कित्ता शेयर पाउनेले पाएका छन ।

रसुवा जिललाबासिले ५० कित्ता देखि १ हजार ८ सय ४० कित्ता सम्मका लागि आबेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

शेयर परे नपरेको सूची हेर्नुहोस्

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top