sujim advert

छुटलाई तत्काल संवोधन गर्न एमालेको माग

    साउन ९, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विनासकारी भुकम्पका कारण घर भत्किएर घरबारविहीन भएका वास्तविक भुकम्प पीडितलाई आवास अनुदान उपलब्ध गराउनका लागि नेकपा एमाले नुवाकोटले अनुरोध गरेको छ ।

नेकपा एमाले नुवाकोटले सोमवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै वास्तविक भुकम्प पीडितलाई समावेश गरेर निजी आवास अनुदानका लागि उपलब्ध गराइने दुई लाख रुपैयाँको पहिलो किस्ता उपलब्ध गराउन माग गरेको हो ।

एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको नेतृत्वमा गएको एमाले जिल्ला कमिटिका पदाधिकारी तथा जिल्ला कमिटि सदस्यहरुको टोलीले विभिन्न चार बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

एमालेले निजी आवास अनुदानको लागि छुटेका लाभग्राहीको नाम तत्काल समावेश गर्नुपर्ने, विना व्याजको सामूहिक जमानीमा प्राप्त हुने तीन लाख रुपैयाँ आवास अनुदानसँगै उपलब्ध गराउनुपर्ने, दुई प्रतिशत व्याजदरको पन्ध्रलाख रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने र लालपुर्जा नभएका भुकम्पपीडितलाइ स्थायी वसोवास र अन्य प्रमाणको आधारमा तत्कालै सम्झौता गरी अन्य पीडित सरहको सुविधा प्रदान गराउन माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै एमाले अध्यक्ष नारायणप्रसाद खतिवडाले छुट भएका भुकम्प पीडितहरुलाई तत्काल आवास सम्झौतालगायतका कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । ‘वास्तविक पीडितको समस्यामा एमाले गम्भीर छ’, खतिवडाले भने– ‘फर्जीले अनुदान पाउँदा वास्तविकले नपाउने विषय मान्य हुँदैन ।’ उनले प्राविधिक त्रुटीका कारण अनुदान प्राप्त गर्न नपर्ने व्यक्तिले पनि अनुदान सम्झौता गरेको बताउँदै अधिकांश गाविसमा वास्तविक पीडितको नाम छुट भएकाले सच्याउनुपर्ने बताए ।

जिल्लाका कतिपय भुकम्प पीडितहरुले अहिलेसम्म पनि भुकम्प पीडितको परिचय पत्र र अन्य सुविधा समेत पाउन नसकेको जनाउँदै एमालेले वास्तविक भुकम्प पीडितको समस्यामा सरकार गम्भीर हुनै पर्ने जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top