sujim bazar advert

दुई अर्बभन्दा बढी राजस्व आर्जन

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

गत आर्थिक बर्ष २०७२/७३ मा रसुवा जिल्लाले दुई अर्बभन्दा बढी राजस्व आर्जन गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार रसुवाले कुल दुई अर्ब छ करोड ७७ लाख ४ सय ७८ रुपैयाँ राजस्व आर्जन गरेको जानकारी दिनु भएको छ । प्राप्त राजस्वमध्ये रसुवा भन्सारबाट दुई अर्ब ६७ लाख ७४ हजार, लाङटाङ राष्ट्रिय निकुञ्जबाट एक करोड ६२ लाख ११ हजार, जिल्ला प्रहरी कार्यालयबाट २८ लाख ३१ हजार, जिल्ला प्रशासन कार्यालयबाट ४९ लाख ३५ हजार , मालपोतबाट १४ लाख ४८ हजार, वन कार्यालयबाट २९ लाख एक हजार र जिल्ला शिक्षा कार्यालयबाट १६ लाख ७२ हजार रुपैयाँ राजस्व आर्जन गरेको प्रमुख कोष नियन्त्रण सुर्य भण्डारीले जानकारी दिनु भएको छ ।

यस्तै, खर्चतर्फ रसुवा जिल्लामा चालुतर्फ कार्यालय व्यवस्थापनमा एक अर्ब १० करोड र पुँजीतर्फ मा ३१ करोड खर्च भएको र पुँजीगत तर्फको टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि प्राप्त ४८ करोड रुपैयाँ भने वितरण प्रक्रिया सुरु भएको बताइएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top