sujim advert

नुवाकोटमा ९ स्थानीय तह रहने प्रस्ताव

    साउन ९, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नयाँ संविधान अनुसार स्थानीय तह गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले नुवाकोटमा ९ र रसुवामा ३ वटा स्थानीय तह रहने प्रस्ताव पेश भएको छ । हाल नुवाकोटमा ६१ गाविस र एक नगरपालिका रहेको छ । प्रस्ताव अनुसार अव ९ वटा गाउँ कार्यपालिका र एक नगरपालिका मात्र रहने छ । प्रस्ताव अनुसार नुवाकोटका ६ देखि १० वटासम्म गाविस एउटै गाउँ कार्यपालिका रहने छ ।

भौगोलिक क्षेत्रानुसारको जनसङ्ख्या वितरण, जिल्ला समन्वय समितिको संरचना, क्षेत्रफल, विद्यमान स्थानीय निकायको जनसंख्याको अनुपात र जिल्लाको प्रकृतिलाई मुख्य आधार बनाएर गाउँ कार्यपालिका घोषणा गरिने छ । भदौ महिनाभित्रै गाउँ कार्यपालिकाको सीमांकनको विषय टुंग्याइ सक्नुपर्ने छ ।

आयोगले नयाँ संविधानले व्यवस्था गरे अनुसार देशभर गाउँपालिका सरकार र नगरपालिका सरकार गरी कुल ५ सय ६५ स्थानीय तह रहने प्रस्ताव गरेको हो । र सङ्ख्या निर्धारण गरिएको आयोगका प्रवक्ता डा. हरि पौडेलले जानकारी दिए ।

हिमाली क्षेत्रमा एउटा गाउँपालिका सरकार गठनका लागि १५ हजार र नगरपालिकाका लागि २० हजार जनसंख्या हुनुपर्ने, पहाडी भूभागमा गाउँपालिका हुन २५ हजार तथा नगरपालिका हुन ३५ हजार जनसंख्या हुनुपर्ने, तराईमा गाउँपालिका हुन ५० हजार र नगरपालिका हुन ७५ हजार जनसंख्या हुनुपर्ने आयोगले प्रारम्भिक प्रस्ताव गरेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top