sujim advert

पेट्रोलमा पानी ! भैरबी पेट्रोल पम्पमा प्रहरीद्धारा सिल (फोटो फिचर)

    साउन ३, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bhairavi pertrol pump
bidur tax consultancy services in nuwakot

नुवाकोट, ३ साउन । नुवाकोटको बट्टार बजारमा रहेको भैरबी आयल स्टोर्स प्रा. लिमा गए राती जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । अनुसन्धान पुरा नभएसम्म पेट्रोल नबेच्नका लागि समेत स्थानीय प्रशासनले पम्पलाई निर्देशन दिएको छ ।

पेट्रोल हालेसंगै कार नै सिज भएपछि कार धनीहरुले धकेलेर मोटर बनाउने ठाउँमा पुर्याएका थिए ।

उक्त पम्पले हिजो साँझ विक्रि गरेको पेट्रोलमा मिसावट पाइएपछि स्थानीय प्रशासन र प्रहरीले गएराती साढे आठ बजे पम्प सिल गरेको हो । तीन वटा कारले हिजो साँझ साढे पाँच बजे बट्टारको सोही पम्पबाट पेट्रोल भरेको थियो । पेट्रोल हालेसंगै कार नै सिज भएपछि कार धनीहरुले धकेलेर मोटर बनाउने ठाउँमा पुर्याएका थिए ।

oil crime in nuwakot

पेट्रोलयम पदार्थमा सिमावट भएको र सवारी साधननै सिज भएको समाचार प्रशारण भए लगत्तै उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पम्प अनुगमन गरि छानविन गर्न राती नै उजुरी गरेका थिए ।

सवारी साधनमा पेट्रोल भरे लगत्तै विग्रेको सवारी साधनका धनीहरु पुजन श्रेष्ठ र रामचन्द्र डोटेलको लिखित उजुरी पछि छानविनका लागि भैरबी आयल स्टोरलाई प्रहरीले सिल गरेको छ ।

लिखित उजुरीको आधारमा गए राती आठ बजे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी उपरिक्षक देबबहादुर बोहोरा लगायतका सरकारी अधिकारीहरु पेट्रोल पम्पमा पुग्नुभएको थियो । सवारी साधनमा पेट्रोल भरे लगत्तै विग्रेको सवारी साधनका धनीहरु पुजन श्रेष्ठ र रामचन्द्र डोटेलको लिखित उजुरी पछि छानविनका लागि भैरबी आयल स्टोरलाई प्रहरीले सिल गरेको छ ।

साथै परिक्षणका लागि नमूना पेट्रोल संकलन गरेर राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत खगेन्द्र घिमिरेका अनुसार संकलित पेट्रोलको नमूना परिक्षणका लागि आज काठमाडौं पठाइने भएको छ ।

संकलन गरिएको नमूना पेट्रोलमा पनि मिसावट भएको देखिएको छ । पानी सहित पेट्रोल पातलो र केही ठोस बस्तु जस्तो नमूना संकलन गरिएको बोत्तलमा पाइएको छ । भैरबी आयल स्टोर्सका सञ्चालक जनक अधिकारीले पेट्रोलमा पानी मिसिएको हुनसक्ने अनुमान गर्नुभएको छ ।

जमिन भासिएको कारण पानी पसेको आफ्नो अनुमान रहेको र अनुसन्धान पुरा भएपछि मात्रै आफु पम्प सञ्चालनका लागि तयार

पेट्रोल स्टोर भएको भण्डारमै पानी पसेको हुनसक्ने उहाँको अनुमान रहेको छ । केही दिन अघि पेट्रोल भण्डार गरिएको स्थानको कम्पाउण्ड भासिएको पनि पम्प सञ्चालक जनक अधिकारीले बताउनुभएको छ । जमिन भासिएको कारण पानी पसेको आफ्नो अनुमान रहेको र अनुसन्धान पुरा भएपछि मात्रै आफु पम्प सञ्चालनका लागि तयार रहेको उहाँको भनाई रहेको छ ।

पेट्रोलमा पानी मिसिएको थाहा पाउने वित्तिकै आफैले पम्प बन्द गरेको दावी सञ्चालक अधिकारीको रहेको छ । पेट्रोल विक्रि गर्नका लागि रोक लगाइएको उक्त पम्पले डिजेल भने विक्रि गर्ने जानकारी प्राप्त भएको छ । पेट्रोल र डिजेलको भण्डारण गर्ने स्थान अलग अलग रहेकोले डिजेलमा कुनै मिसावट नभएको पम्प सञ्चालकले बताएका छन् ।

petrol fixture issue

nuwakot photo (4)

pertrol pump crime

nuwakot petrol pump seal

closed notice petrol pump

wall-crack-in-bhairabi-pertrol-pump

investigation-in-bhairabi-pertrol-pump

officer-watching-petrol-meter

– कपिलदेव खनाल

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top