sujim bazar advert

घर भत्कँदा दुईको मृत्यु

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

भूकम्पले चर्काएको घरलाई अविरल बर्षाले भत्काउदा नुवाकोटको सिक्रे गाविसमा एकै परिवारका दुई मृत्यु भएको छ ।

सिक्रे गाविसको वडा नम्बर ८ को बुुढाथोकी गाँउ नजिकै साउने भन्ने ठाउँमा माटोको गारो लगाएर बनाएको घर बर्षाको कारण लड्दा ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँको नातिनी १३ वर्षीया पुष्पा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जंगलको बीचमा रहेको एक्लो बुधवार अपरान्ह २ बजेतिर मात्र परिवारले लडेको देखेपछि पुरिएको अबस्थामा हजुरबुबा चित्रबहादुर र नतिनी पुष्पाको उद्धार गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताए । विनासकारी भूकम्पको कम्पनले चर्काएको घरमा ६५ वर्षीयाँ चित्रबहादर श्रेष्ठ एक्लै बस्दै आएका थिए ।

घटनास्थल नुवाकोटबाट काठमाडौसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा पर्ने भएपनि सूचना प्राप्त भएलगत्तै प्रहरी टोली उद्दारको लागि पुगेपनि गोठजस्तै स्वरूपमा बनाएको घर लडेर दुबै जनाको घटनास्थलमानै ज्यान गएको अबस्थामा उद्धार गरेको इलाका प्रहरी कार्यालय सिक्रेका प्रहरी नायव निरीक्षक बुद्धिबहादुर गुरूङले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top