sujim bazar advert

जेष्ठ नागरिकमा पाण्डे

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

जेष्ठ नागरिक तदर्थ समितिको पहिलो जिल्ला अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनले गेर्खु गाविसका पुर्व गाविस उपाध्यक्ष शिवबहादुर पाण्डेको संयोजकत्यामा १३ सदस्यीय जेष्ठ नागरिक तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।

उपाध्यक्षमा सावित्री खरेल, सचिवमा बिरबहादुर ठकुरी र कोषाध्यक्षमा लिलाबहादुर कार्की चयन भएका छन् । सदस्यहरूमा डमरू प्रसाद रिजाल, बलराम लामा, नवलसिंह बस्नेत, लक्ष्मण न्यौपाने, र श्रीमाया विश्वकर्मा चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका नुवाकोटका जिल्ला संयोजक भोला बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै समितिको पहिलो बैठकले बार्षिक कार्य योजना बनाउने, जेष्ठ नागरिकलाई विपत्ति पर्दा उद्धारको लागी उद्धार आर्थिक कोष स्थापना गर्ने र सामुदायिक आत्मनिरभर सेवा केन्द्रको सहकार्यमा ६१ गाविसमा संगठन निर्माण गरी समुन्नत समाज निर्माणमा समितिले सहयोग पुर्याउने निर्णय गरेको समितिका संयोजक पाण्डेले बताए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top