sujim advert

दुई महिनाभित्रै नुवाकोट पुर्नसंरचना हुने

    साउन २, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

आउँदो साउन १ गतेदेखि दुई महिनासम्म नुवाकोट जिल्लामा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणको विषयमा बहस, सुझाव संकलन र तयारी हुने भएको छ ।

हिजो स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको विषयमा जानकारी दिनको लागि आयोजना गरिएको छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार भदौ मसान्त भित्रमा नुवाकोटबाट केन्द्रमा प्रतिवेदन पेश हुनेछ ।

अबको पुर्न संरचनाहरू हुँदा गाउँपालिकामा पाँच देखि २१ वटा वडा र नगपालिकामा २५ देखि ३३ वडा हुनेछ । त्यसै गरी नुवाकोट जिल्लामा दुई वटा निर्वाचन क्षेत्र कायम गरिनेछ । स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठन भएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले साउन र भदौ महिनामा गाउँपालिकाको सिमाङ्कन, नामाकरण, वडा विभाजनको कार्यहरू गर्नेछ । नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितका अनुसार न्यायपालिका बाहेक सम्पूर्ण संरचनाको विषयमा स्थानियस्तरबाट निर्णय गरेर पठाइनेछ ।

अबको पुर्न संरचनाका आधारमा तयार हुने गाउँपालिकाको संरचना अहिले जिल्ला विकास समितिको भन्दा राम्रो र ठूलो हुनेछ । स्थानीय विकास अधिकारी पण्डितको अनुमानका आधारमा शिक्षा, स्वास्थ्य, सुरक्षा, विकास निर्माण लगायतका सबै निकायहरू रहेको कम्तिमा ५० जना जनशक्तिको गाउँपालिका हुनेछ ।

साउनको पहिलो हप्ताबाट सुरू हुने स्थानीय तह पुर्न संरचनाको कार्यशर्त र कार्यविधिलाई अन्तिम रूपम लिनका लागि आवश्यक कार्य सुरू हुनेछ । जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शैलेन्द्रकुमार भण्डारीका अनुसार गाउँपालिकामा न्युनतम तीन र नगरपालिकामा न्युनतम पाँच वटा बजार केन्द्र रहने व्यवस्था छ । त्यसै गरी भौगोलिक निन्रता नटुट्ने गरी पुर्नसंरचना गरिनु आवश्यक रहेको बताइएको छ ।

स्थानीय तह पुर्न संरचना प्राविधिक सहयोग समितिले यस विषयमा जिल्लाको इलाका स्तरसम्ममा छलफल चलाएर नागरिकहरूसंग आवश्यक सल्लाह र सुझाव स.कलन गर्नेछ । स्थानीय विकास अधिकारीको संयोजकत्वमा बनेको समितिको सदस्य सचिवमा जिविसका योजना अनुमगन तथा प्रशासकिय अधिकृत रहने व्यवस्था गरिएको छ भने सदस्यहरूमा जिल्ला प्रशासन, जिल्ला प्राविधिक, मालपोत, नापी, बन र तथ्याङ्क कार्यालयका अधिकृतहरू रहेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top