sujim bazar advert

दुई घटनामा दुई जनाको मृत्यु

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, नुवाकोटमा यसै साता घटेका दुई घटनामा दुई जनाले ज्यान गुमाएका छन् । नर्जामण्डप गाविसमा खोलाले बगाएर एक बृद्ध र थानसिङ गाविसमा सर्पले डसेर एक जना युवकको मृत्यु भएको हो ।

नर्जामण्डप गाविस वडा नं. ३ घर भएका ८३ वर्षिय अमरबहादुर पराजुलीको दोर्खु खोलाले बगाएर मृत्यु छ । खेतबाट फर्कदै गर्दा खोला तर्ने क्रममा बगाएको थियो । पराजुलीको शव घटनास्थलदेखि ३ किलोमिटर तल तादी खोलामा फेला पारिएको प्रहरीले जनाएको छ ।

यस्तै, थानसिङ गाविस वडा नं. ६ अमिलबोटेका २१ बर्षिय वसन्त मिजारको मृत्यु भएको छ । घरमै सुतिरहेका मिजारलाई विशालु सर्पले डसेकोमा उपचारको लागि काठमाडौंको टकु अस्पतालमा लौजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मिजारलाई टेकु अस्पतालका चिकित्सकले मृत घोषित गरेको मृतकका छिमेकी विनोद पाठकले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top