sujim advert

दलितलाई शौचालय निर्माण सामग्री

    असार २६, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर, सुनखानी गाविसका दलित समुदायलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको छ ।

सुनखानी गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गर्ने अभियान अन्तर्गत गाउ विकास समितिको बार्षिक बजेटमा रहेको लक्षित वर्गको रकमबाट दतिल समुदायलाई शौचालय निर्माण गर्ने सामग्री प्रदान गरिएको हो ।

आज सुनखानी गाविस वडा नं. ७ चापाबोटमा आयोजित कार्यक्रममा १२ घर दलित समुदायलाई नया शौचालय निर्माणको लागि आवश्यक पर्ने सामग्रीहरु प्यान, पाइप लगायत वितरण गरिएको छ ।

दलित समुदायमा आफैले शौचालय निर्माण गरेका र हाल मर्मत आवश्यक रहेका १० घर परिवारलाई पनि मर्मतको लागि आवश्यक सामग्री प्रदान गरिएको सुनखानी दलित समाजका रामकुमार कटुवालले जानकारी दिए ।

सुनखानी दलित समाजको अगुवाईमा भएको कार्यक्रममा दलित समुदायलाई ७५ हजार रुपैया बराबरको शौचालय निर्माणको आवश्यक सामग्रीहरु प्रदान गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top