sujim bazar advert

नमाज पढेर इद उल फित्र मनाइयो

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार नुवाकोटका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बुधवार बेलुकी चन्द्रमा देखिएपछि विहीवार इद उल फित्र मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । त्रिशूलीमा रहेको जामे मस्जिदमा नुवाकोटका विभिन्न भेगमा छरिएर रहेका मुस्लिम समुदाय भेला भई सामूहिक नमाज पढेर एक आपसमा शुभकामना साटासाट गरी पर्व मनाइएको थियो ।

‘दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहीबार इद उल फित्र पर्व मनाउन लागिएको हो, यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाई मनाउँछन्’– उनले भने ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष्भित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top