sujim advert

सातबिसेमा इलाका प्रशासन कार्यालय स्थापना

    असार २१, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Ramsharan Mahat
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

– १३ गाविसको नागरिकता बन्ने –

सातबिसे, २१ असार । नुवाकोटको सुन्दादेवी गाउँ विकास समितिको सातबिसेमा आज इलाका प्रशासन कार्यालय स्थानापना भएको छ ।

जिल्लाको १३ वटा गाउँ विकास समितिका नागरिकहरुलाई बंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकको प्रमाण पत्र वितरण गर्नका लागि तथा अन्य सामान्य खाले सेवा प्रदान गर्नका लागि आज ईलाका प्रशासन कार्यालयको स्थापना भएको हो । प्रशासन कार्यालयको उद्घाटन पुर्व अर्थमन्त्री एवं सांसद डा. रामशरण महतले गर्नुभएको छ । उहाँले उद्घाटनको अवसरमा सुन्दरादेवी गाउँ विकास समिति वडा नं. ९ भगेरीका ७२ वर्षिया रुकमिणी तामाङलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममलाई सम्बोधन गर्नुहुँदै डा. महतले जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सबै खाले सेवा इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुनु आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा मन्तब्य राख्नुहुँदै नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद् जगदीश्वरनरसिंह केसी , पुर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य हितबहादर तामाङ, माओवादी जिल्ला अध्यक्ष हिरानाथ खतिवडा लगायतले यसरी सरकारी सेवा गाउँमै आउनु स्वागत योग्य रहेको बताउनुभएको थियो । उहाँहरुले आम नागरिकहको समस्या अरु नै जल्लोबल्दो रहेकोले सरकारले त्यसतर्फ बढी गम्भिर हुनुपर्ने सुझाव पेश गर्नुएको थियो ।

Ramsaran Mahat

यसै बीच, कार्यक्रममा बोल्नुहुँदै नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भविष्यमा ईलाका प्रशासन कार्यालयबाटै राहदानी वितरण गर्ने सम्मको योजना बनाएको बताउनुभएको छ ।

सातविसेमा स्थापना भएको इलाका प्रशासन कार्यालबाट खरानीटार, उर्लेनी, समुन्द्रटा, बालकुमारी, थप्रेक, रालुकादेवी, शिखरवेशी, सुन्दरादेवी, घ्याङ्फेदी, बेतिनी, राउतवेशी, गाउँखर्क र पञ्चकन्या गाउँ विकास समितिका नागकिहरुले सेवा लिन पाउने छन् । अब त्यस गाविसका नागरिकहरुले नयाँ नागरिकता बनाउनु पर्ने भएका जिल्ला प्रशासन कार्यालय विदुर आए पनि बनाउन सम्भव हुने छैन । इलाका प्रशासन कार्यालय नै जानुपर्ने छ । त्यसमा जनजाती सिफारिस, नावालक परिचय पत्र लगायतका पर्नेछन् ।

ramsaranकार्यालय उद्घाटन पछि आफ्नो कार्यको जानकारी दिनुहुँदै इलाका प्रशासन कार्यालय सातविसेका कायम मुकायम शाखा अधिकृत रामहरि गजुरेलले नागरिककताको फोटोकपीको भरमा पनि इलाका कार्यालयबाट प्रतिलिपि निकाल्न सम्भव नहुने बताउनुभएको छ ।

इलाका प्रशासन कार्यालय सातविसेमा अहिले तीन जना कर्मचारीले सेवा दिने छन् । सातविसे बजारको सडक भन्दा तल स्कुल छेउको खेतको फाँटमा रहेको एउटा अग्लो घरमा प्रशासन कार्यालय बसेको छ । इलाका प्रशासन कार्यालय बसेको घर सातविसे बजार र सडकबाट सजिलै देख्न सकिने ठाउँमा रहेको छ ।

तर, त्यस इलाकाका नागरिकहरुले भने इलाका प्रशासन कार्यालय स्थापना गरेको ठाउँ उपयुक्त नभएको भन्दै असहमी जनाएका छन् । खरानीटार या समुन्द्रटार भएमा निर्वाचन क्षेत्र नं. २ को सिङ्गै भेगका नागरिकहरुलाई नै पायक पर्ने भन्दै अझै पुर्न बिचार गर्नका लागि नागरिकहरुले सुझाव दिएका छन् । खरानीटारका रामशरण उप्रेती राजनीति स्वार्थ र खिचातानीका कारण इलाका प्रशासन कार्यालय सातविसे राखिएको र त्यसले नागरिकहरुलाई पायक नपरेको बताउनुभएको छ ।

ईलाका प्रशासन कार्यालय सातविसेको उद्घाटन समारोहमा विभिन्न् राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिकहरु, सकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

– गोसाइँकुण्ड सञ्चार


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top