२०७८, २३ बैशाख बिहीबार
Bidur Tax Consultancy Service

बुढाबुढीले धानेको असार मासको रोपाई

    असार २१ २०७३ १६:३५


Trishuli Web Design Services in Nuwakot
asar-mela

विदुर, २१ असार । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा चिनिने असारमा नुवाकोटका कृषक धान रोपाइँमा व्यस्त छन् ।

कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर खेती लगाउनै समस्या देखिन थालेको छ । वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बनेको कारण असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता बढेको छ ।

स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा दिनदिनै विदेश पलायन हुन बाध्य छन् । राजनीतिक अस्थिरताका कारण देशभित्र रोजगारीका अवसर सहज नहुँदा यस जिल्लाबाट हरेक वर्ष बिदेशिनेको संख्या बढिरहेको नुवाकोटको तारुका गाउँ विकास समिति वडा नम्बर एकका पुष्पराज नेपाल बताउनुहुन्छ ।

asar ropai mela

एक नगरपालिका सहित ६१ गाविस रहेको यस जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ । अहिले रोजगारीमा प्रवासमा रहेकाले कमाएर पठाएको रेमिट्यान्सले नै सर्वसाधारणकोे गुजारा चलेको छ ।

पछिल्लो समय अध्ययनका लागि विभिन्न मुलुकमा जाने क्रम बढे पनि अधिकांश बिदेशिनुको कारण भने रोजगारी नै हो । बुधसिङ गाउँ विकास समिति वडा नमबर दुईका गणेश वस्तीले एसएलसी र दश जोड दुई अध्ययन गरेका अधिकांश विद्यार्थीको रोजाइ विदेश जाने नै हुने गरेको बताउनुहुन्छ । त्यसैले पनि खेती गर्ने यो समयमा गाउँमा जनशक्तिको अभाव भएको उहाँको बुझाई रहेको छ ।

गाउँमै बसेर काम गर्नेहरु न्यून रहेका छन् । गाउँमा बालबालिका र वृद्धवृद्धाले काम गरेर बसेका छन् । स्वदेशमै रोजगारीका अवसर सिर्जना नहुँदा युवालाई गाउँमा देख्नै मुस्किल परेको गाउँका अगुवाहरुको भनाई रहेको छ । एकपछि अर्को गर्दै गाउँका युवा बिदेशिने क्रमले गाउँ युवाविहीन भएर सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर पुगेको नुवाकोटको तारुका गाउँ विकास समिति वडा नम्बर एकका पुष्पराज नेपाल बताउनुहुन्छ ।

जनजाति समुदायको बाहुल्यता रहेको यस नुवाकोट जिल्लामा रोजगारीका लागि बिदेशिने क्रम पहिलेदेखि नै चल्दै आएको पाइन्छ । बढी जनशक्ति खाडी मुलुकमा पुगेका छन् । त्यसमा महिलाहरुको संख्या पनि बढी नै देखिएको छ ।

नुवाकोटबाट कति युवा बिदेशिएका छन् भन्ने वास्तविक तथ्याङ्क नभेटिए पनि करिब ३५ हजारभन्दा बढी युवायुवती अध्ययन र रोजगारीको सिलसिलामा विदेश गएको अनुमान गरिएको छ ।

जिल्लाका युवा बिदेशिने क्रमले सर्वसाधारणको गुजारा मात्रै चलेको छैन जिल्लाको सामाजिक, मानवीय र विकास निर्माणका क्षेत्रमा समेत बर्षेनी लाखौँ रुपैयाँ भित्रने गरेको छ । यसरी विदेशबाट भित्रने रेमिट्यान्सले सर्वसाधारणको आर्थिकस्तर सुधारमा समेत सहयोग भने पु¥याएको छ । वैदेशिक रोजगारीबाट भित्रने रकमले तत्कालका लागि ठूलै उपलब्धि भएको र आर्थिक स्तर उकासिएको देखिए पनि समग्रमा आर्थिक, सामाजिक रुपमा नकरात्मक प्रभाव पार्ने छ ।

– गोसाइँकुण्ड सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top