sujim bazar advert

एम्नेष्टि नुवाकोटको संयोजकमा पुन भण्डारी

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

गोसाइँकुण्ड सञ्चार / विदुर, १८ असार । एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३९, नुवाकोट को १३ औँ अधिवेशन आज विदुरमा सम्पन्न भएको छ ।

अबिधेशनले फेरि रामचन्द्र भण्डारीको संयोजकत्वमा नौ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सहसंयोजक ऋसव कुइकेल, सचिबमा निरनकुमार डोटेल, कोषाध्यक्ष स्वेच्छा उपे्रती चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा दिपकराज डोटेल, गायत्री खनाल, साबित्रि गजुरेल, साधुराम भट्ट र कल्पना नेपाली चयन हुनुभएको छ । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३९, नुवाकोटका संयोजक रामचन्द्र भण्डारीले एम्नेष्टी इन्टरनेस्नले नुवाकोट जिल्लामा सञ्लचान गरेको कार्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष रामबहादुर थापा, निर्बाचन अधिकृत नारायणप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै, एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३९, नुवाकोटले अफगानिस्थानमा ज्यान गुमाएका नागरिकहरुको संम्झनामा दिपप्रज्वलन कार्यक्रम गरेको थियो । गत असार ६ गते अफगानस्थानको काबुलमा ज्यान गुमाएकाहरुको आत्मा शान्तीको कामना गर्दै कार्यक्रम गरिएको एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३९, नुवाकोटका संयोजक रामचन्द्र भण्डारीले बताउनुभएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top