२०८१, ११ बैशाख मंगलवार

एककिृत वस्ती आवश्यक

    असार २१ २०७३ १५:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, १९ असार । भूकम्पका कारण रसुवाका सात गाउँ विकास समितिका बासिन्दालाई एकीकृत बस्ती विकास निर्माणको आवश्यकता रहेको छ ।

मनसुन सक्रिय भएसगै भूकम्पले कम्पित जमिन अन्तरगत लाङटाङ, हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्सा गाविसका केही बस्ती जोखिममा परेकाले स्थान्तरण गर्न सरोकारवालाहरुले माग गरेका छन् । विनासकारी भूकम्प पछिको पहिरोका कारण मानव रहित गाविस भएको लाङटाङ गाविसमा पनि पुनःस्थापना गरी आवास निर्माण गरी बसोबास सुरु गरेपनि पहिरोको जोखिम उच्च भएकाले सुरक्षित स्थानमा स्थान्तरणको आवश्यकता देखिएको छ ।

विभिन्न सात गाविसका करिब दुई हजार घर परिवार जारी रहेको बर्षाले पहिरो बग्न थालेपछि तथा घरक्षेत्र नै चर्किएर धाजाँ फाटेपछि स्थान्तरण गर्नुपर्ने देखिएको हो ।

मानवविहीन भएको लाङटाङमा रहेका नागरिकहरुलाई सुरक्षित रहेको सन्देश दिन पुनःनिर्माण अभियानलाई तिव्रता दिएपनि पहिरोको जोखिमले अबस्था त्रासदी रहेको स्थानीयहरुले गुनासो गरेका छन् । अहिलेपनि जिल्लाको हाकु गाविसका अधिकांश बासिन्दाहरु विस्थापित भएर सदरमुकाम धुन्चे र लहरेपौवाको नौबिसेमा बसोबास गर्दै आएका छन् ।

– गोसाइँकुण्ड सञ्चार

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top