sujim advert

लोग्नेको लिंग च्वाट्टै

    असार १८, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

भनिन्छ महिलाको लागि सबैभन्दा अप्रिय वस्तु भनेकै सौता हो । महिलाले अरु सबै कुरा सहन सक्छन् तर, सौता सहन सक्दैनन् भनिन्छ । यद्यपि सबै महिलामा यो कुरा लागु नहुनसक्छ तर, यो आम महिलाको चरित्र नै हो । हुनपनि आफ्नो श्रीमान्को आफुप्रतिको माया खोस्ने सौता प्रति कुन महिलालाई रिस नउठ्ला र ?

यस्तै रिसको पारो तात्दा भारतको झारखण्डमा एक महिलाले आफ्नै श्रीमान्को लिंग हँसियाले च्वाट्टै काटिदिएकी छिन् । झारखण्डको कुलडिह गाउँकी निरुवा देवी नामकी महिलाले श्रीमान् नन्हक भुइँया जेठी श्रीमतीसँग घुम्न गएको रिसमा उसको लिंग काटिदिएकी हुन् । श्रीमान्को लिंग छिनालिदिएपछि निरुवाले विष खाएर आत्महत्या गरेकी छिन् ।

जेठी श्रीमती मुनियादेवीसँग बिहे गरेको दश वर्षपछि कान्छी श्रीमती निरुवा देवी भित्राएका नन्हकको जिन्दगी रमाइलैसँग बितिरहेको थियो । उनले दुवै श्रीमतीलाई उत्तिकै माया गरिरहेका थिए । तर, गएको मंगलबार निकै नराम्रो घटना घट्यो । नन्हक जेठी श्रीमती मुनियालाई लगेर बजार गए । सौतालाई बजार घुमाउन लगेको निरुवालाई रुचेन । उनी रिसले आगो भइन् । जब श्रीमान् सौतासँगै रल्लिँदै साँझमा घर आए उनको पारो झनै तात्यो । तथापि तत्कालै उनी आक्रमणमा उत्रिइनन् । राति भने उनले रिस थाम्न सकिनन् । उनले अकस्मात हातमा हँसिया लिएर सुतिरहेका श्रीमान्तर्फ गइन । श्रीमान्को लिंग हातमा छोपेर हँसियाले आक्रमण गरिन् ।

लिंगमा धावा बोलिएपछि नन्हक चिच्याउन थाले । त्यसपछि घरका मात्र नभएर आसपासका सबै मान्छे जम्मा भए । यत्तिकैमा निरुवाले स्वाट्ट विष खाइन र आत्महत्या गरिन । लिंग काटिएका नन्हकलाई अस्पताल पु¥याइयो । उनको अहिले राँचीमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top