sujim advert

पहिरोले आयात निर्यात ठप्प

    असार १८, २०७३

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – वर्षात र पहिरोका कारण रसुवागढी भन्सार कार्यालयको राजश्व संकलन प्रभावित भएको छ । एक साताको वीचमा स्याफ्रुवेसी–रसुवागढी सडकमार्गमा पटक/पटक पहिरोका कारण सडक अवरुद्ध हुँदा रसुवागढीको राजश्व संकलन घटेको छ ।

नेपाल चीन प्रवेशको लागि हाल रसुवागढी नाकामात्रै सञ्चालित छ । तातोपानी नाका बन्द भएका कारण रसुवागढी नाकामा आयात निर्यात बढिरहेको अवस्थामा वर्षातले पहिरो जाँदा राजश्व संकलन प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

सदरमुकाम धुन्चेदेखि २८ दशमलव पाँच किलोमिटर दूरीमा रहेको नेपाल चीन सीमाना रसुवागढीमा वर्षातले पहिरो जाँदा तीन दिन अगाडि पार्किङ गरेर राखिएका २५ थान कन्टेनरमा निकै क्षति पुगेको थियो । सामान लिन पुगेका कन्टेनर क्षति भएपछि व्यवसायीहरुसमेत त्रसित भएका छन् ।

आयात निर्यात बढेका कारण चालु आर्थिक वर्ष २०७२/०७३ को अन्तिम महिना असार महिनाको हालसम्म मात्र १२ करोड ३७ लाख ७१ हजार राजश्व संकलन भएकोमा पछिल्लो एक सातायता न्यून रहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए । स्याफ्रुवेसी–रसुवागढी मार्गको पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रणका स्थायी उपाय गरिनुका साथै स्काभेटर पहिरोग्रस्त क्षेत्रमा राखिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

स्याफ्रुवेसी–रसुवागढी मार्गमा रहेको सडकको स्तरोन्नतीका लागि सरकारले तत्काल विभिन्न कार्यक्रम ल्याउनुपर्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । सडक मार्गमा पहिरो गएर सामान बोक्ने कन्टेनरमै क्षति हुन थालेपछि व्यवसायीहरु त्रसित बनेको उनले बताए ।

रसुवागढी भन्सार कार्यालयले गत कात्तिकदेखि हालसम्म एक अर्व ८१ करोड ७७ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यातायात सहज भएका बेला रसुवागढी भन्सार कार्यालयले एकै दिन १० लाखदेखि एक करोड रुपैयाँसम्म राजश्व संकलन गर्दै आएको छ ।

रसुवागढी भन्सारले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म २२ करोड ३ हजार, मंसिरमा २० करोड ५६ लाख ४० हजार, पुसमा ३४ करोड ८९ लाख २० हजार, माघमा १५ करोड ६४ लाख ५३ हजार, फागुनमा ३ करोड एक लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको रसुवागढी भन्सार प्रमुख केदार पनेरुले बताए । उनका अनुसार विनासकारी भुकम्पको कारण पहिरोले बन्द रसुवागढी नाका गत कात्तिक महिनामा मात्र सञ्चालन भएको थियो ।

फागुनमा चिनिया पक्षको मुख्य पर्व ल्होसार परेका कारण आयातनिर्यात हुन नसकी राजश्व संकलनमा कमी आएको पनेरुले बताए । यसका साथै चैतमा ३४ करोड ६२ लाख ६९ हजार वैशाखमा २४ करोड ६९ लाख १२ हजार जेष्ठमा ३५ करोड ७५ लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

रसुवागढी भन्सार कार्यालयले एक सातामा २५ देखि ६० वटा कन्टेनरमा आएका सामग्रीहरुको राजश्व संकलन गर्ने गरेकोमा पहिरोका कारण हाल ठप्प रहेको छ । स्याफ्रुवेसी–रसुवागढी मार्गमा पटक पटक गइरहेको पहिरोका कारण आवतजावत बन्द भइ राजश्व संकलनसमेत प्रभावित भएको छ । यसका साथै रसुवागढी जाने एक मात्र यातायात मार्ग पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडक खण्डको राम्चे, मुलखर्क र ग्राङमा गइरहने पहिरोका कारण रसुवागढीबाट आयातनिर्यात प्रभावित हुने गरेको छ ।

चीनबाट केरुङ हुँदै रसुवागढी नाकाबाट विद्युतीय सामग्रीका साथै लत्ताकपडा, भाडाकुँडा, स्याउलगायतका सामग्री आयात हुँदै आएका छन् भने नेपालबाट मैदा, चाउचाउ, खुर्सानी, हस्तकला तथा इट्टासमेत निर्यात हुने गरेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top