sujim advert

पाठकको स्मृतमा संगीत अक्षय कोष

    असार १८, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

police fund
bidur tax consultancy services in nuwakot

विदुर – कर्तव्य पालनाको शिलशिलामा सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ । गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकको स्मृतिमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक स्व. पाठकको कर्तव्य पालनको शिलशिलामा गत चैत्र २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । स्वर्गिय पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले सामुहिक रुपमा रकम संकलन गरि डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको सोही व्याचका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । सो संगीत कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र–छात्रालाई सो पुरस्कार प्रदान गरिने छ । साथै यो कोषको सम्पूर्ण रेखदेख सशस्त्र प्रहरी परिवार महिला संघले गर्ने र संघको वार्षिकोत्सवमा सो पुरस्कार प्रदान गरिने छ । २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका स्व. पाठकका ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ गरी २ वटा एल्बम बजारमा आइसकेका थिए ।

जसमा हजुरको देशमा, पलपल तिम्रै यादले, निन्द्रा लाग्दैन बोलका गितहरु यूट्युबमा समेत चर्चित छन् । जसमा उनले चर्चित गायिका अन्जु पन्तसँग संयुक्त स्वर दिएका छन् भने म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी र निता ढुंगानाले अभिनय गरेका छन् ।

यस प्रकारको कार्यले संगीत, गायन, बाद्यवादन, गीत रचना आदि सांगीतिक क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यस अक्षय कोषको स्थापनाले उनको सांगीतिक यात्रालाई स्थायीत्व र स्मरणीय बनाउने सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top