बिदुर – क्षतिग्रस्त घरधुरी लगत संकलन अभियानमा अनियमितता भएको भन्दै नुवाकोटको बागेश्वरी गाउँ विकास समितिकिा भुकम्प पिडित नागरिकहरुले पुनःनिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय बिदुरको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले जिल्ला दैवी प्रकोप उद्धार समितिको सचिवालय, जिल्ला विकास समिति, पुर्न निर्माण प्राधिकरणको कार्यालय र बागेश्वरी गाविसको कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । छुटेका घर भत्किएकाहरुलाई नसमेटिकन रकम सम्झौता कार्य नथाल्न पनि आग्रह गरिएको छ ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय बिदुरमा ध्यानाकर्षण गराउदै नागरिकहरुले राज्यले कि नाम छुटेका नागरिकहरु वास्तबिक भुकम्प पिडित होईन भनेर आज भन्दा अगाडी बितरण गरेको सबै सेवा सुबिधा फिर्ता लिनुपर्ने कित त पुनः निर्माणको लागी अनुदान पाउने पिडितहरुको सुचिमा नाम समाबेस हुनु पर्ने बताएका छन् ।
बागेश्वरी गाबिसका नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नुहुदै पुनःनिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय बिदुरका प्रमुख नारायण सापकोटाले नुवाकोटको सबै गाविसका नागरिकहरुमा एउटै समस्या रहेकाले समस्या समाधानमा पहल गर्ने बताए ।


















प्रतिक्रिया