२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

पाँच प्रतिशत ब्याजदरमा ऋण पाइने

    असार १८ २०७३ २२:५७

pratik book and stationery center in nuwakot

बिदुर, १६ असार । साना किसान विकास बैङक सदस्यहरुले जीविकोपार्जन र पुनःस्थापनाका लागि ५ प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । जीविकोपार्जन र पुर्नस्स्थापनाका लागि साना किसान विकास बैंकले यस्तो ऋण प्रवाह गर्ने भएको छ ।

पहिलो चरणमा ४ हजार ४ सय १८ जना पीडित साना किसानलाई २० वटा सहकारी संस्था मार्फत १९ करोड १ लाख रुपैयाँ वितरण भएको हो । यो विशेष प्रकारको कर्जा भएकाले यो सुविधा लिने व्यक्तिले सरकारबाट प्राप्त सबै सुविधा पाउने बैंकले जनाएको छ ।

पीडित साना किसानहरूको जीविकोपार्जन र पुनस्स्थापनाका लागि एसियाली विकास बैंक (एडीबी) मार्फत नेपाल सरकारलाई प्राप्त सहयोग मध्ये ५५ लाख अमेरिकी डलर साना किसान विकास बैंकले अनुदान स्वरूप प्राप्त गरेको छ ।

पीडित साना किसानहरूको जीविकोपार्जन र पुनस्स्थापनाका लागि एसियाली विकास बैंक (एडीबी) मार्फत नेपाल सरकारलाई प्राप्त सहयोगमध्ये ५५ लाख अमेरिकी डलरसाना किसान विकास बैंकले अनुदानस्वरूप प्राप्त गरेको छ । उक्त रकममध्ये साना किसानले पहिलो चरणमा १९ करोड रुपैयाँ कर्जा वितरण गरेको हो । यो कार्यक्रम अन्तर्गत नुवाकोट रसुवा र धादिङका साना किसान सहकारी संस्थाहरूमा आबद्ध परिवारले ऋण सुविधा पाउने छन् । यो कर्जा रकमबाट अत्यन्त पीडित मध्येका १२ हजार ५ सय परिवारलाई प्रतिपरिवार बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्ने बैङकले जनाएको छ ।

यसबाहेक भूकम्पबाट अति प्रभावित १४ जिल्लामा साना किसानको भूकम्पपीडित पुनःस्थापनाका लागि क्षमता विकासमा पनि बैंकले सीप विकास तालिम कार्यक्रम सुरु गर्ने जनाएको छ । साना किसान विकास बैंकमा प्रवद्र्धनको क्रममा रहेका संस्थासमेत ७ सय ५६ सहकारी संस्था कारोबारमा संलग्न छन् । यी संस्थाले बैंकको ऋण लगानी १० अर्ब ५० करोड रुपैयाँसमेत गरी करिब २८ अर्ब रुपैयाँको हाराहारीमा वित्तीय कारोबार गर्दै आएका छन् ।

साना किसान बिकास बैङकमा आबद्ध भएका नुवाकोट रसुवा र धादिङका किसान सदस्य परिवारका ३ सय ३१ जनाको मृत्यु भएको र २ हजार १ सय ५७ जना घाइते भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top