+
Search

ताजा अपडेट +

पपुलर +

कैदीबन्दीलाई क्रिष्टल तालिम

डबली खबर
९ साल अगाडी

विदुर – जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीहरुको लागि सञ्चालन भएको सात दिने क्रिष्टलको गहना बनाउने तालिम विहीवार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले कारागारमा विभिन्न परिस्थितीले परेपछि पछि बाहिर समाजमा फर्किदा हातमा सीप भएमा आफ्नो आत्म विस्वास र आर्यआर्जन बृद्धि हुने बताए । कार्यक्रममा आयोजक सिर्जनशील विकास केन्द्रकी अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक कमला सुवेदीले क्रिष्टलका गहना बनाउदा महिलाहरुले समयको सदुपयोग मात्र नभई राम्रो आम्दानी गर्ने माध्याम समेत भएकोले ध्यान पूर्वक आफ्नो काम गर्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले तालिमलाई सदुपयोग गरि कारागारमा रहँदा पनि राम्रो आम्दानी गर्न सकिने भएकोले तालिमको उपयोग गर्र्नुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख भूला भण्डारीले पनि मन्तव्य राख्दै सीपमा निखारता ल्याउन सुझाव दिइन् ।

कार्यक्रममा सहभागीको तर्फबाट सुशिला रिमाल खत्रीले पनि मन्तव्य राखेकी थिइन् । जिल्ला विकास समितिको सहयोगमा सञ्चालन भएको सात दिने तालिममा १६ जना कैदी बन्दीको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ