२०८१, १४ बैशाख शुक्रबार

पहिरोका कारण २५ कन्टेनरमा क्षति रसुवागढीमा उच्च जोखिम

    असार १८ २०७३ २२:४२

pahiro
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – चीनसँगको सीमानाका रसुवागढीमा भीषण वर्षासँगै आएको पहिरोले २५ मालबहाक कन्टेनरमा क्षति पु¥याएको छ भने त्यहाँ उच्च खतरा बढेको छ ।

चीनको केरुङतर्फ सामान लिन जाने क्रममा सोमवार राती लाइनमा बसेका २५ वटा कन्टेनर माथीबाट खसेको पहिरोले क्षतिग्रस्त भएसँगै स्थानिय प्रशासनले पहिरोको भयानक जोखिम रहेको जानकारी दिएको छ ।

भूकम्पको समयमा पनि रसुवागढीको सोही स्थानमा रहेको भन्सार कार्यालय चट्टाने पहिरोले पुरिँदा ५ जनाको ज्यान गएको थियो भने चीनलाई जोड्ने मितेरी पुलसमेत क्षतिग्रस्त भएको थियो ।

नेपाल–चीन सीमाना भोटेकोशी नदीमाथि निर्मित मितेरी पुल छेउमा लाइन २५ थान कन्टेनर लाइन वसेका थिए । राति माथिबाट आएको ढुंगे पहिरोले पुरेर कन्टेनरमा करोडौंकोे क्षति पु¥याएको उद्धारमा पुगेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए । एकैपटक यति धेरै गाडीमा क्षति पुगेपछि रसुवा पशासनले सर्तकर्ता अपनाउन सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ । ‘वर्षात्को समयमा वाढीपहिरोको खतरा बढेका कारण सडकमार्गमा यात्रा गर्दा सजकता अपनाउन आग्रह गरेका छौंँ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सम्बन्धित यातायात व्यवसायी र यात्रुहरुलाई सजगता उपनाउन आग्रह गर्दै भने, ‘यो क्षेत्र पहिरोको उति नै जोखिममा परेको स्थान भएकोले जुनसुकै समयमा पनि ठूलो क्षति हुनसक्छ ।’

घटनालगत्तै सदरमुकाम धुन्चेवाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति तीन बजेदेखि खस्न थालेको ढुंगा विहान ११ वजेसम्म खसेको थियो । कन्टेनरलाई रसुवागढीमा लाइन राखेर चालक तथा सहचालक दुई किलोमिटर दक्षिणको टिमुरे वजारमा आएर बसेका कारण मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरी बल रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
१५ दशमलव ६ किलोमिटर दुरीको स्याफ्रुबेँसी–रसुवागढी मार्गको अन्तिम विन्दु टिमुरेस्थित रसुवागढीमा २५ कन्टेनरलाई माथिबाट खसेको पहिरो तथा ढुंगाले क्षति पुर्याएको थियो ।

सडकको अवरोध तथा पहिरो र ढुंगा पन्छाउन स्काभेटर मगाइएको प्रहरीले जनाएको छ । रसुवा प्रहरीका अनुसार पहिरो र ढुंगाले लागेर ना ५ ख ६६६४, ना ६ ख ५३, ना ६ ख ७५०, ना ३ ख ५७१८, ना ६ ख ४५०८, ना ३ ख १३२, ना ३ ख ३९२, वा १ ख ६४२४, वा २ ख ३४६६, वा ३ ख २६८३, वा ६ ख ३५९५, वा ६ ख ३५९४ र ना ३ ख २३० नम्वरका कन्टेनर क्षति क्षतिग्रस्त छन् ।

यसका साथै, घटनामा क्षति भएका अन्य कन्टेनरहरुमा ना २ ख ४८५७, वा २ ख ३४४९, ना ६ ख २५७२, वा २ ख ३४२९, ना ६ ख ४५७५, ना ६ ख ४९०४, ना २ ख ४१६४, ना २ ख ४८५७, ना ५ ख ७९२५, ना ३ ख ६७५, वा २ ख ८०४० र बा ३ ख ५७६७ नंबरका रहेका छन् । कतिपय कन्टेनरको ६० र कतिपयको २५ प्रतिशत भुभागमा क्षति पुगेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top