sujim advert

हावाहुरीले काफल उत्पादनमा गिरावट

    असार १६, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Myrica esculenta
bidur tax consultancy services in nuwakot

बिदुर – यसपाली हावाहुरी र लामो समय परेको पानीको कारण नुवाकोटमा काफल उत्पादनमा गिरावट आएको छ ।

अघिल्ला बर्षहरुको तुलनामा यो पाली काफल उत्पादन घटेको नुवाकोट ककनी गाउँ विकास समिति वडा नं. ४ का जनक लामाले बताए । पाकेको काफल पनि टिप्प नपाएको बताउँदै अघिल्लो वर्षमा झण्डै तीन महिनासम्म फल टिपेकोमा अहलिे जेठ दोश्रो हप्ता नबित्दै काफल सकिएको उनले बताए ।

झण्डै तीन वर्षेदखि एउटै बोटको फल विक्रि गर्दै आउनुभएको जनक लामाका अनुसार काफल टिपेर विक्रि गर्ने पेशालाई उहाँको हजुरवाको पालादेखी सुरु भएको हो । लामाले एक पाथी काफलको तीन सय रुपैयाँमा विक्रि गर्दै आएका छन् ।

तीन सय रुपैयाँमा खदिर गरिएको काफल व्यापारीहरुले बजारमा ल्याउदा एक पाथीकै आठ सय रुपैयाँसम्ममा विक्री गर्ने गरिएको उनले बताए । तै पनि घर खर्चका लागि काफलले भरथेग गरेको उनी बताउँछन् । कतिपय गाउँका युवाहरुले जंगलमा फलेको काफल टिपेर ब्यापार गर्ने गरेको भएपनि आफ्नो बारीमै भएको काफल ब्यापार गर्न पाएको जनक लामाले बताए । बाजेले गरेको ब्यवसायलाई आफुले निरन्तरता दिएको उनी बताउँछन् । गाउँघरमा साइला नामले चिनिने जनक लामा यो समयमा काफल टिप्ने र विक्रि गर्नेमै बढी ब्यस्त रहन्छन् । उत्पादन छोटो समय भएकै कारण काफलको मुल्य बढ्नुका साथै बजारमा तथा बाटोघाटोमा काफल विक्रि गर्नेहरुको संख्यामा यसपालि कमी आएको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top