२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

हत्याका फरार अभियुक्तहरु पक्राउ

    असार १६ २०७३ १३:०५

pratik book and stationery center in nuwakot

बिदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले जेठ १८ गते सामरी गाबिसमा भएको हत्याका फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

सामरी गाबिसका स्थानीय प्रकाश तामाङलाई मार्न भनि ‘सुपारी’ लिएका अभियुक्तहरु प्रकास तामाङलाई मार्न सामरी गाबिस वडा नम्बर ६ मैबल गाँउमा मादक पदार्थ सेबन गर्दा अर्का स्थानीय कुमार तामाङसँग सामान्य बिबाद हुदा हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक देबबहादुर बोहोराले बताए ।

दुई बर्ष अगाडी सामरीका काले तामाङले आफ्नो बाबुलाई प्रकास तामाङले अङगभङग हुने गरी पिटेको घटनालाई लिएर ८० हजार रुपैयाँमा प्रकाशको हत्या गर्नको लागी सामरी मैबल गाँउका डुब्बा राकेश भन्ने बुद्धिबहादुर तामाङलाई सुपारी दिएको र प्रकास तामाङको हत्या गर्न आएका अभियुक्तहरुले सामान्य बिबादका कारण कुमार तामाङको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताए । साथै उक्त घटनामा संलग्न रहेका ४ जना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले कर्तब्य ज्यानको मुद्धामा जिल्ला अदालत पठाएको छ । ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top