+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य चौकीको लागि जग्गादान

three people stading in belkotgadi municipality ward no 2 office to donating a property for health post
डबली खबर
६ साल अगाडी

बेल्कोटगढी – बेलकोटगढी नगरपालिका-२ मा स्वास्थ्य चौकी निर्माणको लागि रामप्रसाद तिमिल्सिनाले एक रोपनी जग्गादान गरेका छन् ।

जग्गा उपलब्ध भएसँगै वडा कार्यालयले स्वस्थ्य चौकी निर्माणको लागि ६७ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष रमेश न्यौपानेले जानकारी दिए। आवश्यक बजेट आगामी आवमा ९७ लाख ३६ हजार रुपैयाँ विनियोजन गर्ने न्यौपानेले बताए । भवन निर्माणको लागि एक करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

स्वास्थ्य चौकी निर्माणको लागि कम्तिमा तीन रोपनी जग्गा आवश्यक हुने सरकारी मापदण्ड रहेको छ ।

यसअघि हजुरबुबाले श्रमिक निमावि बनाउन सात रोपनी जग्गा दिएको र अहिले बुबाले स्वास्थ्य चौकी बनाउन एक रोपनी जग्गा दिएको छोरा उत्तम तिमल्सिनाले बताए ।

१३ वडा रहेको यस नगरपालिकामा वडा नम्बर २, ४, ६, १०, ९, १३ अहिलेसम्म स्वास्थ्य चौकी छैन भने वडा नम्बर ५ र १२ मा दुई दुई वटा स्वास्थ्य चौकी रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ