+
Search

ताजा अपडेट +

पपुलर +

‘नेपाल पुलिस मोबाइल एप’

nepal police logo
डबली खबर
६ साल अगाडी

काठमाडौँ – नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा उक्त एपबाट जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लङ्घन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना पनि उक्त एपमार्फत जानकारी दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड–१९ सम्बन्धी सूचना एवं जानकारी लिन सकिने छ । -रासस

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ