+
Search

ताजा अपडेट +

पपुलर +

ठूला मालबाहक गाडी नचलाउन प्रशासनको आग्रह

डबली खबर
९ साल अगाडी

पासाङल्हामु राजमार्गका विभिन्न भागमा सडक जीर्ण बन्दै गएपछि स्थानीय प्रशासनले ठूला मालबाहक गाडी नचलाउन व्यवसायीलाई आग्रह गरेको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पासाङलामु राजमार्गको रसुवा खण्ड अन्तर्गत ग्राङ–मूलखर्क, फूलखर्क–खोपाङभिर र सानु भार्खु लगायत क्षेत्र वर्षाका कारण जीर्ण बन्दै गएपछि एक पटकमा १० टनभन्दा बढी सामान बोेकेका गाडी वर्षायामभर नचलाउन सबै व्यवसायी र सवारीधनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ । सडकखण्ड जीर्ण बन्दै गएपछि एम्बुलेन्स समेत गुडाउन असहज भएको छ ।

चीनसँगको नाका केरुङबाट चिनियाँ सामग्री ढुवानी गर्दै आएका व्यवसायीले समेत वर्षायामभर एक पटकमा १० टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था गरिएकोमा अत्यावश्यक परेका खण्डमा भने प्रशासनको अनुमतिमा त्यसभन्दा बढी भारका सवारी साधन गुड्न पाउनेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ